जाडोयामका लागि उपयुक्त योग

 

करिब दुई शताब्दी पहिलेसम्म अधिकांश शारीरिक समस्याको उपचार प्राकृतिक विधिबाट गरिन्थ्यो कुनै पनि स्वास्थ्य समस्या समाधानको लागि औषधि खाने मात्रै नभएर त्योसँग जोडिएका अरु विषयको पनि खोजी गर्ने गरिन्थ्यो दुई शताब्दीको वैज्ञानिक खोजले स्वास्थ्यमा आउने समस्या कीटाणुको कारणले निम्तिन्छ भन्ने तथ्य बाहिर आयो तर अहिलेका नयाँ वैज्ञानिक अध्ययनहरुले सबै रोग कीटाणुको कारणले मात्रै नभएर हाम्रो मानसिक अवस्थाले शारीरिक समस्यामा भूमिका खेल्छ भन्ने तथ्य स्थापित गरेको ती अध्ययनहरुको सारतनाव नै सबै रोगको मूल कारणभन्ने हो, जुन कुरालाई हजार वर्षपहिले नै आयुर्वेदले सप्रमाण प्रस्तुत गरिसकेको थियो

पछिल्लो समयमा शारीरिक मानसिक समस्या धेरैमा देखिने गरेको मनको कारणले शरीरमा देखिने समस्यालाई हामी साइकोसोमेटिक डिजिज वा डिसअर्डर भन्छौं तनावको कारणले पनि रोग लाग्ने गर्छ अर्थात् सानोसानो कुरामा पनि तनाव लिइरहने व्यक्तिमा बारम्बार शारीरिक समस्या देखिने गर्छ शारीरिक मानसिक स्वास्थ्य समस्याको एउटै समाधानको उपाय के ? यो योग नै यस्तो निर्विकल्प विधि हो जसले शारीरिक मानसिक उपचार एकैपटक गर्दछ यही कुरा जनाउनका लागि योगमा एउटा श्लोक :
दुर्जनः सज्जनो भूयात् सज्जनः शान्तिमाप्नुयात्
शान्तो मुच्येत बन्धेभ्यो मुक्तश्चान्यान् विमोचयेत् ।।
अर्थात्, योगकै माध्यमबाट दुर्जनहरु सज्जन बन्छन्, सज्जनले शान्ति प्राप्त गर्छन्, शान्त व्यक्ति बन्धनबाट मुक्त हुन्छ भने मुक्त मान्छेले अन्य सांसारिक मोहबाट मुक्ति (मोक्ष) प्राप्त गर्छ त्यसैले शारीरिक तथा मानसिक दुवै समस्याबाट मुक्ति पाउनको लागि योग नै निर्विकल्प विधि हो
जाडोमा योगको महत्व
जाडोयाममा मानिसमा चिसोको इन्फेक्सन, दम, खोकी, पिनास जस्ता समस्या देखा पर्दछन् यस्ता समस्या हटाउन योग पनि एउटा सजिलो विधि हो उपनिषद्मा भनिएको , ‘शरीरमाध्यमम् खलु धर्मशाधनम्अर्थात्शरीर नै सबै धर्म (कर्तव्य) पूरा गर्ने साधन वा माध्यम हो त्यसैले चिसोमा रोग प्रतिरोधात्मक क्षमता कम भएका दीर्घ रोगबाट ग्रसित व्यक्तिमा बढी स्वास्थ्य समस्या देखिन्छ यसले अवश्य पनि हाम्रो दैनिक जीवनलाई प्रभावित बनाएको हुन्छ तर नियमित केही आसन प्राणायाम गर्ने हो भने यस्ता समस्या समाधान गर्न सकिन्छ
योगका आठवटा अंग भएपनि मुख्य तीनवटाको विश्लेषण गरौं- आसन, प्राणायाम ध्यान त्यसमध्ये यी तीनै अंग जाडोयाममा निम्तिने स्वास्थ्य समस्या समाधानको लागि उपयुक्त मानिन्छ
चिसो मौसमका लागि केही आसनहरु छन्, जुन हामीले नियमित प्रयोग गर्नसक्छौं अहिले धेरै मानिसमा १५-१८ वर्षमै ढाड दुख्ने समस्या देखा पर्ने गरेको अहिले धेरैको जीवनशैली खानपान व्यवस्थित छैन कतिपय धेरै मोटरसाइकल चलाउनेहरुमा पनि यस्तो समस्या देखिन्छ लामो समय अफिसमा बसेर काम गर्नेलाई पनि ढाड सम्बन्धी समस्या देखिने गर्छ यस्तो समस्या हुने मान्छेले २० मिनेटदेखि बढीमा एक घण्टासम्म समय निकालेर थोरै वार्मअप गरी शरीर तताउनुपर्छ शरीर तातिसकेपछि ढाड कम्मर दुख्ने समस्या भएकाहरुले सामान्य आसनबाट योग शुरु गर्न सकिन्छ
धेरैले युट्युब हेरेर योग गर्ने गर्नुहुन्छ यस्तो गल्ती कहिलै पनि गर्नुहुन्न किनभने युट्युब हेरेर योग गर्दा तपाईंले गल्ती गरेको ठाउँ बताइदिने कोही हुँदैनन् योगमा जहिलेपनि सिम्पल टु कम्प्लेक्स हुनुपर्छ जाने योग, नजाने रोगभन्ने चलन त्यसैले एक्कासी गाह्रो योग गर्दा यसले समस्या निम्त्याउन सक्छ
जाडो मौसममा उठेर गर्ने योगासन
आसनले शरीरको रोग नियन्त्रण गर्न सहयोग गर्छ प्राणायामले मनको समस्या समाधानमा सहयोग गर्छ जस्तो हामीले लिने सासको गति मिल्नेबित्तिकै तनाव कम हुन्छ हामी आत्तिएको बेलामा सास छिटोछिटो फेर्छौं, लामो सास फेरेपछि हामी शान्त हुन्छौं जाडो मौसममा केही आसन विशेष छन् जसले विभिन्न स्वास्थ्य समस्याबाट बचाउन सहयोग गर्छ
-ताडासन-वृक्षासन
-कटिचक्रासन-हस्त उत्थानासन
-त्रिकोणासन-सिंहासन
-परिघासन-गोमुखासन-
उष्ट्रासन-भुजंगासन
यसबाहेक अगाडि झुकेर गर्ने आसनहरु पनि छन् यी आसन नियमित गर्दा सेल बढ्दै जान्छ यसले शरीरलाई लचिलो बनाउँछ, यसो हुँदा जति निहुरिँदा पनि दुख्दैन
जाडोमा हातखुट्टा बढी चिसो हुने तथा रक्तचाप कम भएका मानिसले अग्निसार, कपालभाँती, भस्त्रिका अनुलोमविलोम गर्न सकिन्छ पिनास माइग्रेनको समस्या देखिएमा भ्रामरीको प्राणायाम ओम शब्दको उच्चाहरणसहित मिनेट ध्यान गर्न सकिन्छ यो जाडोयाम अरु समयमा पनि सहजै गर्नसक्ने विधि हो यो प्राणायाम ध्यान जुनसुकै समयमा पनि गर्न सकिन्छ यो सामान्यतया खाली पेटमा लुज कपडा लगाएर गर्नु उचित हुन्छ जुनसुकै आसन प्राणायाम गर्दा पनि बाहिरको फ्रेस हावामा खाना खाएको घण्टापछि गर्न सकिन्छ 
त्यसो यस्तो समस्या दैनिक जीवनमा देखिने व्यावहारिक समस्या समाधानमा पनि प्रयोग गरिन्छ जस्तो, चाँडो रिसाउने मान्छेहरुले नियमित रुपमा अनुलोमबिलोम, भ्रामरी ओमको उच्चारण गर्ने गरिन्छ ढाड दुख्ने जस्ता समस्या भएका मानिसमा ताडासन, मर्करासन, भुजंगासन जस्ता आसनको प्रयोग गरिन्छ भने कन्स्ट्रिबेसन भएका मान्छेले कपालभाँती अनुलोमविलोम गर्न सक्छन्
 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad