महानता तपाईंंको चारैतिर छ यसको प्रयोग गर्नुस्



धेरै मानिसहरु ओलम्पिक च्याम्पियन बन्न सक्थे, तर उनीहरुले बन्ने कोसिस कहिल्यै गरेनन् मेरो अनुमान जब मैले पोल  वाल्टको प्रतियोगिता जितेधेरै मानिसहरु ओलम्पिक च्याम्पियन बन्न सक्थे, तर उनीहरुले बन्ने कोसिस कहिल्यै गरेनन् मेरो अनुमान जब मैले पोल वाल्टको प्रतियोगिता जितेको थिएँ तब पचास लाख मानिसले मलाई पोल वाल्टमा हराउन सक्थे, कमसेकम पचास लाख मानिस जो मभन्दा धेरै शक्तिशाली, धेरै तेज थिए, उनीहरु यो काम गर्न सक्थे, तर उनीहरुले कुनै पोल उठाएका थिएनन्, कहिल्यै आफ्नो  खुट्टा जमिनबाट उठाएर छडको माथिबाट निकाल्ने कोसिस पनि गरेनन्

महानता हामी सबैको चारैतिर महान् बन्न सजिलो किनकि महान् मानिसहरुले तपाईंंको मद्दत गर्नेछन् जति पनि सम्मेलनहरुमा गएँ, त्यहाँ मैले सबैभन्दा राम्रो कुरा यो देखें, हरेक व्यवसायका महानतम् मानिसहरु आएर आफ्नोविचार, तरिका प्रविधिको बारेमा सबैलाई बताउँछन् मैले देखेको छु महान् सेल्समेन युवा सेल्समेनलाई देखाउने गर्छ उसले यो काम कसरी ¥यो  

केही लुकाउँदैन मैले पाएको छु खेल जगतमा पनि यस्तो हुने गर्छ ।म त्यो समय कहिल्यै भुल्दिन, जब डच वार्मरडमको रेकर्ड तोड्ने कोसिसमा लागेको थिएँ उनले राखेको रेकर्डभन्दा एक फुट तलसम्म मात्र जान सकेको थिएँ, यसैले मैले उनलाई फोन गरें मैले उनीसँग सोधें, “डच, के तपाईंं मेरो मद्दत गर्न सक्नु हुन्छ ? अब अरु माथि जान सकिरहेको छैन के कारणले माथि जान सक्दिन

उनले भने, “निश्चित रुपले मद्दत गर्नेछु आएर मसँगै बस तिमीलाई मेरो कला सिकाइदिनेछु संसारका सबैभन्दा महान् पोल वाल्टरसँग तीन दिन बसें ती तीन दिनमा डचले आफ्नो सारा ज्ञान मलाई दिए मैले कैयौं गल्ती गरिरहेको थिएँ जुन उनले सुधार गरिदिए यस बारेमा एउटा लामो कथा तर संक्षेपमा बताउनेछु, आठ इन्चमाथि पुगें ती महान् मानिसले मलाई आफ्नो सर्वश्रेष्ठ ज्ञान दिए मैले थाहा पाएँ खेलको च्याम्पियन हीरोले तपाईंंलाई महान् बनाउन खुसीखुसी मद्दत गर्नेछन्

महान् यु.सी.एल.. बास्केटबल कोच जोन वुडनको फिलोसफी यस्तो थियो, हरेक दिन उनी कुनै यस्तो मानिसको मद्दत गर्ने गर्थे जसले बदलामा उनको मद्दत गर्न नपाओस् यो उनको कर्तव्य थियो
कलेजमा स्काउटिङ रक्षात्मक फुटबलमा थेसिस लेख्दा जर्ज एलनले ३० पेजको एउटा सर्भे गरे त्यो प्रश्नपत्र देशका महान् कोच भएको ठाउँमा पठाए ८५ प्रतिशतले त्यो पेपरको पूर्णरुपमा जवाफ दिए

महान् मानिसहरु आफ्नो ज्ञान बाँड्न तयार भएर बसेका हुन्छन् यसै कारणले जर्ज एलन दुनियाँको महानतम् फुटबल कोचमा एक हुन् महान् मानिसले तपाईंंलाई आफ्नो रहस्य बताउनेछन् उनीहरुलाई खोज्नुस्, फोनमा कुरा गर्नुस्, या उनको पुस्तक किन्नुस् जहाँ उनीहरु हुन्छन्, त्यहीं जानुस्, उनीहरुको वरिपरि बस्नुस्, उनीहरुसँग कुरा गर्नुस् जब तपाईंं महान् मानिसको वरिपरि बस्नु हुनेछ तब महान् बन्न सजिलो हुनेछ

बब रिचर्डस्
ओलम्पिक खेलाडी

 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad