हामीले सारा दिन मेरो हात मेरो खुट्टा मेरो शरीर भनरे भन्ने गरेता
पनि म को हु ?भन्ने
प्रश्न हरेक दिन आउछ जसरी चालकले मेरो गाडि भन्ने गर्दछ ।आफ्नो दिन भरिको कुराकानीमा धेरै पटक मानिसले “म”शब्दको प्रयोग गरेको
हुन्छ । तर एउटा आश्चर्यको कुरा के छ भने प्रत्येक दिन धेरै पटक “म” र “मेरो”शब्दको प्रयोग गरेर
पनि मानिसलाई यस कुराको यथार्थ जानकारी छैन । “म”भन्ने सत्ताको स्वरूप कस्तो छ, अर्थात् “म” जुन वस्तुको सूचक हो त्यो के हो ? आज मानिसले विज्ञानद्वारा ठूलाठूला शक्तिशाली वस्तुहरू बनाइसकेको छ ।
उसले संसारका धेरै समस्याहरूको उत्तर पाइसकेको छ तथा ऊ अनेक जटिल समस्याहरूको हल
निकाल्नमा तल्लीन पनि छ तर “म”भन्ने को हो, यसको विषयमा सत्यता थाहा छैन अर्थात ऊ स्वयंलाई नै जान्दैन ।
आज कसैलाई उसको परिचयको विषयमा सोध्यो भने तुरुन्तै आफ्नो शरीरको नाउँ
भनिदिन्छ अथवा आफूले गर्ने पेशा वा त्यसको नाउँ भनिदिन्छ । तर उ गाडि होइन मेरो नाम हो मेरो गाडी हो तसर्थ तपाईं पनि
यो हात खुट्टा र शरीर होइन तपाई आत्मा हो । जसरी चालकले गाडीलाई संचालन गर्दछ आत्मले पनि शरीरलाई संचालन गर्दछ जसरी बिना चालक गाडी चल्दैन आत्मा नै जीवनशक्ति हो आफूलाई
जीवनशक्ति अनुभव गनु नै आत्मअनुभुती वा योग हो |
वास्तवमा “म”शब्द शरीरबाट भिन्न चेतनशक्ति आत्माको सूचक हो मानिस (जीवात्मा) आत्मा र शरीर
मिलेर बन्दछ । आत्माको वास निधारमा भएको कारणले नै मानिसले घोरिएर सोचविचार गर्दा
यही हात लगाउँदछ । जब उसले भन्दछ मेरो त भाग्य नै खोटो छ त्यस बेला पनि उसले
यहीनेर हात लगाउंछ । आत्माको यहाँ निवास हुने भएकोले नै भक्तहरूले यही स्थानमा
चन्दन वा टीका लगाउने प्रथा पनि छ । यहाँबाट आत्माको सम्बन्ध मस्तिष्कसँग जोडिएको
हुन्छ र मस्तिष्कको सम्बन्ध सारा शरीरसँग जोडिएको छ वा सारा तन्तुहरू वा क्रिया
तन्तुहरूसँग जोडिएको छ । आत्मा नै शान्ति अथवा दुःखको अनुभव गर्दछ तथा निर्णय
गर्दछ र त्यसैमा संस्कार पनि रहेको हुन्छ ।
आत्माको बारेमा श्रीमद्भागवत
गीतामा यसो भनिएको छ: किन व्यर्थ चिन्ता गर्छौ? कोसँग व्यर्थ डराउँछौ ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।आत्माले हामीलाई व्यक्तिगत व्यक्तित्वमा
प्रभाव पार्छ, जहाँ कल्पनाशक्ति, भावना, कारण (दिमाग, भावना र इच्छा) बस्दछन्, र अन्तमा आत्मा हाम्रो अस्तित्वको ईश्वरीय उत्तराधिकार हो, जहाँ विश्वास, आशा, श्रद्धा र हाम्रो आध्यात्मिक संसार हो। । आत्माको परिचयले नै ईश्वरीय शक्ति र पवित्र आत्माको सही बोध अनुभव हुन्छ ।
तपाई आफुलाई आत्मा सम्झनुहोस र हेर्नुहोस् अथाह ईश्वरीय शक्ति र शान्ति जीवनमा प्राप्त गर्नु हुन्छ।
अतः मन तथा बुद्धि आत्माबाट
भिन्न छैनन तर आत्मा स्वयंलाई बिर्सेर शरीर स्त्री, पुरुष, बूढो, जवान इत्यादिको भानमा परेको छ। यही शारीरिक (दैहिक) भान
दुःखको मुख्य कारण हुन गएको हो । अतः परमपिता परमात्माले भन्नुहुन्छ कि आफूले
आफूलाई चिनेपछि मात्र मानिसले यस शरीररूपी मोटरलाई चलाउन सक्दछ तथा आफ्नो लक्ष्य
(गन्तव्य स्थान)सम्म पुग्न सक्दछ। अन्यथा जसरी ड्राइभर कार चलाउन पूर्ण सिपालु
नभएमा दुर्घटना को शिकार बन्दछ तथा कार र त्यसका यात्रीहरूलाई चोटपटक लाग्दछ त्यसै
प्रकारले जुन मानिसलाई आफ्नो बारेमा जानकारी छैन ऊ स्वयं दुःखी र अशान्त हुन्छ नै
साथ साथै आफू सँगका मित्रसम्बन्धीहरूलाई पनि दुःखी र अशान्त पार्दछ। अतः सही सुख र
शान्तिको लागि स्वयंलाई जान्नु नितान्त आवश्यक छ ।