हो, हामी सक्छौ यदि सक्छु भनी सोच्छौ भने



   टेनिस खेल्नका लागि रोजर क्राफोर्ड सँग सबैकुरा थियो सिर्फ दुई हात र एउटा खुट्टा थिएन । तर निरन्तरको लगावद्वारा उनी अमेरिकाको प्रख्यात टेनिस टिचिङ प्रोफेशनल बन्न सफल हुन्छन ।

- डब्लु मिशेलको मोटरसाइकल दुर्घटनामा आधा शरीर जल्छ । र हवाइ दुर्घटनामा आधा शरीर पक्षघात हुन्छ । यद्यपी उनी हरेश खादिनन् र अमेरिकि संसदको चुनाव जित्न सफल हुन्छिन ।

- स्टिफेन हकिङलाई सानैमा ALS रोग लाग्छ र डक्टरले उनको आयु तोकिदिन्छन् । उनी हिड्न, बोल्न सक्दैनन् यद्यपी उनले विज्ञानको ठूलो योगदान प्रदान गर्न सफल भएका छन् ।

-
प्याटि विल्सनले दौडेर विश्व किर्तिमा राख्ने सपना देख्दा उनको बाधक थियो छारे रोग । सबैले उनलाई सक्दैन भन्थे यद्यपी उनले पूर्ण आत्मविश्वास राख्दछिन् र सपना साकार पार्दछिन ।

-निकले हातखुट्टा नहुदा नहुदै पनि प्रेरक वक्ता बनेर स्पीच बाट संसारलाई जिवन र जगतको ज्ञान दिन सफल भएका छन् ।

- मदन पुरस्कार जित्ने झमक घिमिरेसँग लेख्नका निम्ती हात छैनन् । तर उनीसँग इच्छाशक्ति थियो । उनले निरन्तर संघर्ष गर्दछिन र आजको स्थानसम्म आउन सक्दछिन ।

हो, हामी गर्न सक्छौ यदि 'म गर्न सक्छु' भनी सोच्छौ भने । हाम्रो सपनालाई छेक्ने ताकत 'आफै' बाहेक यो दुनियामा अर्को छैन । यो जानिराखौ  की आत्मविश्वास र लगन जोड्ने हो भने हामी जस्तै विषम परिस्थितीका बाबजुद पनि हामी सफलताको त्यो अग्लो उचाई अवश्य चुम्न सक्दछौ ।

 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad