अमेरिकाको सोह्रौँ राष्ट्रपति अब्राहम लिङ्कना एक गरिब परिवारका थिए। उनले जीवनमा धेरै सङ्घर्ष गरेका थिए र दासप्रथाको अन्त्य गरेका थिए। जसकारणले गर्दा आज पनि उनको विभिन्न ग्रन्थहरुमा जीवनी उल्लेख छ। हामी आज यसमा उनको जीवनी संघर्षको चर्चा गर्ने छौं ।
१८१६ मा उनको परिवार बेघर
भयो। उनले आफ्नो परिवारलाई सहारा दिनको लागि काम गर्नुपर्यो ।१८१८ मा आमाको
मृत्यु भयो ।
१८३१ मा बिजनेस चौपट भयो ।
१८३२ मा राज्य विधानको
चुनाव लडे र हारे ।
१८३२ मा उनको नोकरी गयो ।
उनी ल पढ्न चाहन्थे तर उनले त्यहाँ एडमिशन पाउन सकेनन् ।
१८३३ मा
एउटा साथीसँग उधारो पैसा लिएर विजनेस सुरू गरे तर एक वर्ष भित्रमा सबै सकियो ।
आँउदा १७ वर्षसम्म उनले पैसा तिरिरहे ।
१८३४ मा
फेरि विधान सभाको चुनावमा उठे, यसपटक उनले जिते ।
१८३५ मा
उनको इंगेजमेण्ट भयो तर प्रेमिका मरिन्, यसले उनी वेहाल बने ।
१८३६ मा
नर्भस ब्रेक डाउन भयो र छ महिनासम्म ओछ्यानमा सुतिरहे ।
१८३८ मा
राज्य विधान सभाको वक्ता बन्ने कोसिस गरे तर हारे ।
१८४० मा
इलेक्टर बन्ने कोसिस गरे तर हारे ।
१८४३ मा
संसदको चुनावमा उठे र त्याँहा पनि पल्टिए ।
१८४६ मा
फेरी संसदको चुनावमा उठे, यसपटक उनले जिते । वाशिंगटन गएर राम्रो काम गरे ।
१८४८ मा एक
पटक फेरि संसदको चुनावमा उठे र हारे ।
१८४९ मा
फर्किएर आफ्नो गृहराज्यमा ल्याण्ड अफिसरको नोकरीको लागि आवेदन दिए तर अस्विकृत भयो
।
१८५४ मा अमेरिकाको
सिनेटको चुनाव लडे, त्यो पनि हारे ।
१८५६ मा
आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनमा पनि उप-राष्ट्रपतिको नामांकन होस् भन्ने चाहे
तर उनले १०० भन्दा थोरै भोट पाए ।
१८५८ मा एक
पटक फेरि अमेरिकाको सिनेटको चुनाव लडे र अर्को पटक फेरि हारे ।
१८६० मा
बल्ल अमेरिकाको सोह्रौ राष्ट्रपति बने ।