योग
योग आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम हो । कुनै पनि साधक एउटा ध्यान विधिको प्रयोग गरेर यसको लाभ लिन सक्छ । विज्ञान भैरवतन्त्र पुस्तक भगवान् शिव र माता पार्वतीको वार्तालापको अंश हो । यसमा १०८ प्रकारको ध्यानविधि र चार प्रकारका अविधिको वर्णन छ । यसको एउटा मात्र ध्यान विधिको प्रयोग गरेर लाभ लिन सकिन्छ ।
प्राणायाम
प्राणायाम एक प्रकारको सासको क्रिया हो । शास्त्रहरूमा सातदेखि १० प्रकारका प्राणायामको वर्णन गरिएको छ । हामीले कुनै पनि दुई वा तीनवटा प्राणायाम गर्नुपर्छ । धेरै गर्नु पर्दैन । यहाँ सबैका लागि अति आवश्यक दुईवटा प्राणायामको जानकारी दिइएको छ ।
सरल प्राणायाम
यो क्रिया गर्नका लागि पलेटी कसेर बस्नुपर्छ । नाकबाट विस्तारै विस्तारै लामो र गहिरो सास लिने अनि नाकबाट नै छोड्ने । यस क्रियालाई कम्तीमा ५० चोटि गर्नु होला ।
अन्तर्कुम्भक प्राणायाम
यो क्रिया गर्नका लागि पनि पलेटी कसेर बस्नुपर्छ । विस्तारै लामो र गहिरो सास नाकबाट लिने । १० देखि १६ सेकेन्डसम्म सास भित्र रोक्ने र त्यसपछि विस्तारै विस्तारै नाकबाटै सास छाड्ने । यस क्रियालाई पाँच मिनेटसम्म गर्नु होला ।
मिल्ने लाभ– शान्ति, धैर्य, एकाग्रता तथा मानसिक क्षमतामा वृद्धि । यसबाहेक चञ्चलता र डरबाट मुक्ति ।
योगासन
योगासन एक प्रकारको शारीरिक व्यायाम हो । यसमा शरीरलाई लयबद्ध तरिकाले अगाडि, पछाडि, दाहिना, देब्रे मोड्नु र सीधा गर्नुपर्छ । यसमा केही क्रिया बसेर, केही क्रिया सुतेर र केही क्रिया उभिएर गरिन्छ । योगासन कति प्रकारको छ निश्चित रूपमा भन्न सकिँदैन । सामान्य रूपमा लगभग एक सय आठ प्रकारका योगासन विधिको वर्णन गरिएको छ । यीमध्ये आवश्यकतानुुसार कुनै पनि आठदेखि १० आसन गर्नुपर्छ ।
योगासनको अति आवश्यक सिद्धान्त
१. योगको सुरुवातमा योगासन गर्नुपर्दछ । त्यसपछि प्राणायाम र
अन्त्यमा ध्यान गर्नुपर्छ ।
२. कुनै प्रकारको शल्यक्रिया गरिएको छ भने छ
महिनापछि मात्र योगासन गर्नुपर्छ ।
३. मासिक धर्म, शरीरमा कुनै प्रकारको पीडा र मौसमी बिरामी भएका बेलामा योगासन गर्न मिल्दैन ।
४. कुनै किताब पढेर, टेलिभिजन, नयाँ योगाचार्य वा कुनै अपरिचित ठाउँमा योगासन सिक्नु हुँदैन । योग्य योगाचार्यबाट सिकेर मात्र योगासन गर्नुहोला ।
५. खाली पेटमा वा खाना खाएको तीन घण्टापछि मात्र योगासन गर्न सकिन्छ ।
६. साफ जमिनमा र हल्का वस्त्र लगाएर योगासन गर्न राम्रो हुन्छ ।
७. कुनै पनि क्रियालाई विस्तारै विस्तारै गर्नुपर्छ ।
८. प्राणायाम, ध्यान (योग) तथा योगासन गर्नका लागि आवश्यकता र मात्राको ख्याल राख्नुपर्छ ।
९. पहिलो दिनदेखि नै योगासनको धेरै क्रिया गर्न मिल्दैन ।
१०. निद्रा र खानाजस्तै दैनिक जीवनमा प्राणायाम, योग र योगासन अवश्य जोड्नु पर्छ ।
११. योगासनको क्रिया गर्ने बेला बीचबीचमा दुुुई÷तीन मिनेटको अन्तराल राख्नुपर्छ । त्यो बेला बसेर वा सुतेर लामो र गहिरो सास लिनुस् र छोडनुस् ।
१२. जाडोमा ४० मिनेट, वर्षामा ३० मिनेट र गर्मीमा २५ मिनेटभन्दा बढी योगासन गर्न मिल्दैन ।