सफलताको निम्ति साहस

 


यदि मैले चन्द्रमामा पाइलो टेक्ने प्रथम व्यक्ति को हुन् भनेर सोधे भने, प्रायः ले सहि जवाफ दिनुहुनेछ, -'निल आर्मस्ट्रङ' । तर दोश्रो व्यक्ती को हुन भनि सोधेमा, म ठोकेरै भन्न सक्छु एकाधले मात्र त्यो नाम भन्न सक्नुहुनेछ । थाहा छ ? त्यो दोश्रो व्यक्ति एडविन एड्रिनाल थिए । उनी एपोलो यानका क्याप्टेन थिए । योजना मुताविक चन्द्रमामा पहिलो पाइला उनले नै राख्नुपर्ने थियो । सर्वप्रथम उनीनै नेतृत्व गरेर चन्द्रमामा ओर्लनपर्ने थियो । तर जब उनले ओर्लन आफ्नो पाइला केही तल के झारेका थिए, हतपत माथी ताने । किनभने उनलाई डर थियो 'त्यहाँ जे पनि हुनसक्थ्यो' । उनले ओर्लने साहस गर्न सकेनन् । उनी डराए ।

तर आर्मस्ट्रङले साहसका साथ आफ्नो पाइला अघि सारे र सबै जोखिम मोलेर चन्द्रमामा पहिलो पाइला राखे । यसैले उनी प्रख्यात बने । सबैलाई पहिलो पटक चन्द्रमामा पाइलो राख्दा 'जे पनि हुन सक्ने' डर थियो, यो जोखिमको काम थियो । उनले साहस गरे र पाइलो अघि सारे यसैले उनी प्रख्यात भए किनभने त्यसपछी चान्द्रमामा ओर्लनु सामान्य विषय बन्यो । हामीले जान्नेपर्ने कुरा....हाम्रो यात्राको बाधा अगाडीको ठूलो चट्टान कदापी बन्न सक्दैन, हाम्रो बाधा त त्यसलाई पार गर्ने साहसको कमी हो । ओलम्पिक च्याम्पियन बब रिचर्ड्सले लेखेका छन् 'झण्डै पचास लाख मानिसले मलाई पोल वाल्टमा हराउन सक्थे, हो, पचास लाखले । तर मैले जिते किनभने उनीहरू मध्ये कसैले पनि पोल उटाउने साहस गर्न सकेनन्, आफ्नो क्षमतामा विश्वास गरेनन् ।'

साहस के हो ? आफ्नो चारैतिरको विषम परिस्थीतीको वावजुद पनि अघि बढ्ने दृढता लिनु साहस हो । जोखिमलाई मोल्न सक्नु साहस हो । डरलाई जित्नु साहस हो । शायद सत्र पटक चुनावमा हारिसके पछी अझ अर्को पटक चुनाव लड्ने साहस नगरेका भए लिंकन गुमनाम नै रहन्थे । आफ्ना जायजेथा सबै बेचेर कम्पनी खोल्ने साहस नगरेका भए होण्डा एउटा मजदुरको रूपमै रहन्थे । सबैले 'असंभव' भनेता पनि साहस गरेर जहाज उडाएर देखाउने साहस नगरेका भए राइट दाँजुभाईले साइकल पसलमै जिन्दगी बिताउथे । खाली खुट्टा फुटवल खेल्ने साहस नगरेका भए आजका 'पेले' जन्मदैनथिए ।

सफलता चुम्न अघि बढ्नुपर्छ र अघि बढ्न साहस चाहिन्छ । हर साहसको पछाडी नै जित लुकेको हुन्छ । कायरहरू, कमजोरहरू पटक पटक मरेर बाँचिरहेका हुन्छन्, औसत घिसिपीटी जिन्दगी घिसारिरहेका हुन्छन्......शालिन जिन्दगी बाँच्नेहरू त आखिर साहसी नै हुन्छन् । यसर्थ जिन्दगी सदैव साहसी बनौ र बढौ जित भन्दा अघि ।

 



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad