एक दिन
सिकर्मीलाई मालिकले बोलाएर आफुले फेरि नयाँ घर बनाउने बारे
सोचेको र सो घर बनाउने जिम्मा सिकर्मीले लिनुपर्ने बताउँछ । सिकर्मीले मालिकले
अह्राएको काम अस्वीकार गर्न सक्दैन तर यसपाली मालिकको लागि बनाउने घर भने उसले
बहुतै नराम्रो तरिकाले बनाइदिन्छ। त्यसमा प्रयोग हुने सीमेन्ट र छड पनि बहुतै कमसल
खालको प्रयोग गर्छ। उसले यस्तो घर निर्माण गरिदिन्छ मानौँ कि त्यो घर सानोतिनो
भुकम्प पनि थेग्न सक्दैन । जब घरको निर्माण कार्य सकियो , एक दिन
उक्त घरको उद्घाटन समारोहको आयोजना गरिएको थियो । घर वरपर ध्वाजापताका टाँगिएका
थिए । उक्त समारोहमा धेरै मानिसहरूलाइ निम्त्याइएको थियो । उक्त समारोह उद्घाटन
गर्नको लागि जब घरको मालिक स्टेजमा के पुगेको थियो मालिकले स्टेजबाट भन्छ कि
"आदरणीय जनसमुदायहरू म यो घर निर्माण गर्ने सिकर्मी भाईलाई यस् स्टेजमा
बोलाउन चाहन्छु ।"
मालिकले
त्यसरी अगाडि बोलाएपछी समारोहको पछाडि एक्लै बसेको उक्त सिकर्मी "किन बोलायो
फेरि यो बुढोले मलाई" भन्दै स्टेजमा जान्छ । ऊ स्टेजमा के गएको थियो , मालिकले
सबैको अगाडि एउटा चिट्ठी आफ्नो खल्तिबाट निकालेर उक्त सिकर्मिलाई जोडले पढ्न लगाउछ
।
जब
सिकर्मिले चिट्ठी पढ्दै थियो ,उक्त चिट्ठीमा लेखिएको थियो-" प्रिय
सिकर्मी भाई तिमीले जिन्दगीभरि मेरो लागि काम गर्यौ । अब तिमिले मेरो लागि काम
गर्नु पर्दैन ,तिम्रो जिन्दगीभरिको मेहनतको कदर गर्दै जुन घर तिमीले अन्तिम पटक बनाएका छौ त्यो घर म तिमीलाई उपहार दिदैछु
।" त्यो दिन सिकर्मीलाई पछुतो लाग्छ कि "यदी सुरुवातमा नै मलाई आफू बस्ने घर
बनाउदै छु भन्ने थाहा भएको भए मैले कती राम्रो घर बनाउँथे होला ? तर आज
आँफैले बनाएको कमजोर घरमा आँफै बस्नु पर्यो ।"
प्रिय
विद्यार्थी, तिमीलाई लाग्ला त्यो सिकर्मी को हो त ? त्यो अरू
कोही होइन तिमी हौ तिमी । तिमीलाई आमाबाबाले भन्नु हुन्छ "पढ बाबु पढ ,टिचरले
भन्नुहुन्छ पढ नानु पढ ,
तिम्रै लागि हो ।" तर तिमी
के भन्छौ ? -"कती कच् कच् गरेको यी बुढाबुढिहरू
।" तर वास्तवमा उहाँहरूले तिम्रैलागि भन्नु भएको हो । तिमी अरु कसैको होइन
आफ्नै घर बनाउदै छौ ,
यसर्थ आफ्नोलागी मेहेनत गर,आफ्नो लागि
सोचेर पसिना बगाउ अन्यथा कथाको सिकर्मिले जस्तै आँफैले बनाएको कमजोर घरमा आँफैलाइ
बस्नु पर्नेछ ।
माथिको
कथामा हुन त सिकर्मी आफूले बनाउदै गरेको घरको मालिक आफू नै थियो तर उसले त्यो कुरा
बुझ्न सकेन र घर बनाउदै गर्दा उसले अरुको खातिर घर
बनाउदै छु भन्ने नोकरको मनसिकता बोकेर काम गर्यो । जसको कारण उसलाई पछि पछुताउनु पर्यो । प्रिय मित्र म तिमीसँग एक सन्देश बाड्न चाहन्छु ध्यान दिएर सुन ।
-
प्रिय मित्र तिमी मालिक बन , नोकर नबन ।
तर मलाई शङ्का छ ,
कतै तिमीलाई नोकर बन्ने बानी
परेको त छैन ? तिमी आँफै पढ्दैनौ तिमीलाई पढ् भन्नु पर्छ ।
तिमी आफै लेख्दैनौ ,
तिमीलाई लेख भन्नु पर्छ । तिमी
आँफै सबेरै उठ्दैनौ ,
तिमीलाई सबेरै उठ भन्नु पर्छ , तिमी आँफै
अनुशासनमा बस्दैनौ ,तिमिलाई अनुशासनमा बस भन्नु पर्छ । सधैं आदेश
दीराख्नु पर्ने नोकरलाई हो मालिकलाई होइन ।सधैं बटन थिचिराख्नु पर्ने मेसिनको हो
मान्छेको होइन । मान्छेले बिबेकले पनि काम गर्नु पर्छ । जुन विद्यार्थीलाई स्कुल
तहमै मालिक बन्ने बानी परेको हुन्छ ,उसलाई
कसैले पढ् भन्नु पर्दैन ऊ आँफै पढ्छ ,उसलाई कसैले लेख भन्नु पर्दैन ऊ आँफै लेख्छ , उसलाई
कसैले सबेरै उठ भन्नु पर्दैन ऊ आँफै सबेरै उठ्छ , उसलाई
कसैले अनुशासनमा बस भन्नु पर्दैन ऊ आँफै अनुशासनमा बस्छ किनकी मालिकलाई मात्र थाहा
हुन्छ जुन काम आज म गर्दै छु यो अरु कसैको लागि होइन मेरो लागि गर्दैछु ।
जुन
विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ कहिल्यै वास्तविक जीवनमा
मालिक बन्न सक्दैन किनकी उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर जुन विद्यार्थीलाई
स्कुल तहमै मालिक बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी अरुको नोकर
बन्दैन ऊ आफ्नो जीवनको मालिक आँफै बन्छ । प्रिय विद्यार्थी , तिमीले एक
चोटि आँफैले आँफैलाई हेर त,
तिमी अब बच्चा छैनौ र तिमी पशु
पनि होइनौ यसर्थ आफ्नो लगाम अरुको हातमा नदेऊ , आफ्नो
जिम्मेवारी लेऊ र मान्छे बन । यहाँ नोकर र मालिक भनेर कुनै पद र पेशालाई भन्दा पनि
प्रब्रितीलाई भन्न खोजिएको हो ।
पूतलीको
जीवन चक्रमा बिभिन्न चरणहरू हुन्छन ती चरणमध्ये एक चरणको नाम हो लार्भा स्टेज । जब
पुतली लार्भा स्टेजमा हुन्छ त्यो बेला यसले बढो अनौठो व्यवहार देखाउँछ । पुतलीको
लार्भा यती धेरै खन्चुवा हुन्छ कि यसले आफ्ना अगाडि भेटेजती सबै चिज खान्छ ।
त्यसले घाँस खान्छ पात खान्छ , फल खान्छ , फूल खान्छ, यी सबै थोक
खान्छ । किन ? किनकी अब उसलाई छिट्टै नै प्युपा स्टेजमा
जानु पर्छ , प्युपा स्टेजमा उसले चाहेर पनि खाना खान
सक्दैन किनकी प्युपा स्टेजमा ऊ बन्द कोठा भित्र बस्नुपर्ने हुन्छ ।
प्यारा
विद्यार्थीहरू ,विद्यार्थी जीवन भनेको पनि पुतलिको लार्भा
स्टेज जस्तै हो,
यतिबेला तिमीसँग समय छ
स्वतन्त्रता छ,
स्वास्थ्य छ। यती बेला तिमीले जती
सक्यो धेरै पढ्नु पर्छ ,ज्ञान आर्जन गर्नु पर्छ किनकी भोली छिट्टै
तिमी हुर्किने छौ ,
बयस्क बन्ने छौ ,तिमिले
घरबार चलाऊनु पर्ने हुन्छ ,बिहे बन्धनमा बाँधिनु पर्ने हुन्छ । जुन स्वतन्त्रता आज तिमीलाई उपलब्ध छ त्यो
भोली नरहन सक्छ ,
जुन तिष्ण दिमाग आज तिमीसँग छ
त्यो भोलि नरहन सक्छ ,जुन उत्साह आज तिमीसँग छ भोलि त्यो तिमीसँग
नरहन सक्छ । यसर्थ बर्तमान समयलाई चिन । जती सक्यो धेरै ज्ञान बटुल । ज्ञान नै शक्ति हो ज्ञान नै पावर हो । शक्ति सञ्चय गर्ने उपयुक्त समय
नै विद्यार्थी जीवन हो । अथवा भनौ जीन्दगीको बालिनाली लागाउने बेला नै यही हो । भोलि यो उमेर, यो मौसम
बितेर जानेछ । यदी यो बेलामा नै सुतेर, अल्छि गरेर
बस्ने हो भने भोलि छिट्टै जीवनमा सुख्खा हिउँद र जाडो तुसारो आउने वाला छ । यसर्थ
जीवन हराभरा बनाउन यही उमेरमै ज्ञान रुपी बालिनाली लगाउनतर्फ अग्रसर होऊ । अन्त्यमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको
"जीन्दगीको मौसम" शिर्षकको एक कविता अंश सुनाएर बिदा हुन चाहन्छु ।
जिन्दगीको
मौसम रहदै खन खन रोप फूलाऊ
पर्खन्न
कसैकन काल निष्ठुरी हाय यसै ननिदाऊ
रोप रोप हे
बीऊ सब अहिले अन्न फलोस पछीलाई
नरुनु
पछाडि आउँछ जहिले हिउँद कडा तिमीलाई ।