जब उसको प्रसव पीडा सुरु हुन्छ तब बिडम्बना नै भन्नु पर्छ त्यही बेलामा आकाशबाट कालो बादल गड्याङ्ग गुडुङ्ग गर्दै र बिजुली चम्किदै मुशलधारे पानी बर्सिन थाल्छ । त्यही बेलामा त्यो हरिणले आफ्नो दाँयातिर हेर्छे त दिन भरि डुल्दा पनि कुनै शिकार फेला नपारेको झोकमा रन्थनिएर क्रुद्ध बनेको एक शिकारी आफ्नो तीखो तीर ऊतिर सोझ्याइ रहेको छ । आत्तिएर जब त्यो हरिणले बाँया तिर हेर्छे तब ऊ ५० मिटर मात्र टाढा एउटा डर लाग्दो सिंह उसलाई नै झम्टिनको लागि तम्तयार भएर बसेको छ । उसले आफ्नो सामुन्नेमा नजर फ्याकीँ, सामुन्नेमा रहेको सुकेको घाँसमा पनि तिब्र गतिमा आगो दन्किरहेको छ । अन्तिम बिकल्पको रुपमा त्यो हरिणले पछील्तिर हेर्छे त त्यहाँ ठूलो नदी छ जसको बेगले जुनसुकै पौडिबाजलाई पनि एकै चोटि बगाइदिन सक्छ ।
हरिण प्रसव पिडाले व्याकुल भएकी थिइ...अब भन्नुस् त त्यो बिबश हरिणले के गरी होला ? के उसले अत्तालिएर त्यही प्राण त्याग्ली ? के उसको मृत्यु शिकारीको तीर लागेर होला ? कि उसलाई सिंहले झम्टिएला ?
के उसले आफ्नो बच्चालाई जन्म दिन भ्याउली, त्यो बच्चा बाच्ला कि गर्भभित्रै मर्ला ? एक चोटि बिचार गर्नुस् त, त्यो हरिणले के गरी होला ? उसले त्यही गरी जो उसले गर्न सक्थी । उसले सम्पूर्ण परिस्थिती इश्वरको हातमा सुम्पीई र आफ्नो बच्चालाई जन्म दिनका लागि तल्लिन् भइ । हेर्नुहोस् समयको खेल ।
अचानक त्यहाँ नजिकै ठूलो चट्याङ्ग पर्यो र त्यही बिजुली चम्क्याइले शिकारीका आँखा तिर्मिराए । उसले हरिणलाई सोझ्याएको तीर सिधै गएर सिंहलाई लाग्यो । यसरी घाइते भएको सिंह दुखाइको तोडले शिकारीको पछी पछी दगुर्न थाल्यो । भारी बर्षा सुरु भएकोले सल्किदै गरेको जङ्गलको आगो बिस्तारै निभ्न थाल्यो, त्यसपछी हरिणले आफ्नो बच्चालाई राम्रोसित त्यही घाँसे मैदानमा जन्म दिई । ।
हाम्रो जीवनमा पनि कुनै कुनै बेला यस्तै क्षण आउछ , जब हाम्रो चारै तिर समस्यै समस्याका पर्खालहरू उभिन्छन । जीवनको कतिपय मोडमा हामी यस्तो स्थितिमा जाकिन्छौ जहाँ हामीले कुनै निर्णय नै लिन सक्दैनौ । हामी चारैतिरबाट समस्याहरुले घेरिएका हुन्छौ तब कुनै पल यस्तो आउछ जब हामी शून्य भएर सबथोक ईश्वरको हातमा छोडिदिने गर्छौ जस्तो कि माथिको कथामा एक गर्भवती हरिणले गरी ।
जुन काम पहिलो प्राथमिकतामा हुन्छ त्यो कामलाई सुरुमा गर्नुस जसरी कि हरीणले आफ्नो बच्चालाई जन्माई ।
आफुले आफैसित सोध्नुस ?
तपाईं के कुरा बदल्न सक्नुहुन्छ के सक्नुहुन्न ? आफ्नो ठाउँबाट त्यही गर्नुस् जो आफुले सक्नुहुन्छ । जे सक्नुहुन्न त्यो इश्वरको हातमा सुम्पिनुहोस् र भरोसा गर्नुहोस् इश्वरले अवस्य पार लगाउनुहुनेछ ।