भोलि गरौँला भन्नेहरूको लागि भ्यागुताको रोचक कहानी


 एक प्रोफेसरले आफ्ना अन्तिम बर्षका विद्यार्थीहरूलाई एउटा जीवन उपयोगी पाठ सिकाउन खोज्दै थिए । जसका लागि उनले एउटा भाँडोमा पानी ल्याएर त्यसलाई स्टोभ माथि राख्छन । त्यसपछी त्यो भाँडोमा रहेको चिसो पानीमा एउटा जिउँदो भ्यागुता ल्याएर राख्छन र स्टोभ जलाउँछन । बिचरा विद्यार्थीहरू के गर्न लागे बुढाले भनेर बढो चाख पूर्वक हेर्दै थिए । जब प्रोफेसरले स्टोभ जलाएर भाँडोमा रहेको पानी तताउन थाले तब त्यो भाँडो भित्र रहेको भ्यागुता आनन्दले बस्न थाल्यो । नबसोस पनि किन र बिस्तारै तात्दै गएको पानीमा बस्न पाउँदा भ्यागुतालाई खुब आनन्द आइरहेको थियो । जब भाडोको पानी तात्दै गयो तब भ्यागुताले पनि आफ्नो शरिरको तापक्रमलाई पानी अनुसार adjust गर्दै लग्यो । जब पानी अझ बेसी तात्दै गयो भ्यागुताले पनि अझ बल गरेर आफ्नो शरिरको तापक्रमलाई पानीको तापक्रम सँग balance गर्दै गयो । पानीको तापक्रम निरन्तर स्टोभको आगोले बढाइरहदा अब त यस्तो स्थिती आयो कि अब भ्यागुताले आफ्नो शरिरको तापक्रम तातेको पानीअनुसार balance नै गर्न नसक्ने भयो । अब त्यो भ्यागुतासँग दुई बिकल्प थिए यात भाडोबाट जम्प मारेर बाहिर तिर आउनु यात त्यही तातो पानीमा जली जली मर्नु । आफ्नो जीऊ तातो पानीले पोलेर आथ्थु आथ्थु भएको त्यो भ्यागुताले सुरुमा पानीको भाडोबाट बाहिरतिर हाम्फाल्न खोज्यो । तर उसले सकेन । फेरी कोशीस गर्‍यो फेरी सकेन । आफ्नो भएभरको बल लगाएर बाहिर आउन खोज्यो तैपनी दुर्भाग्य ऊ बाहिरतिर हाम्फाल्न सकेन किनकी बाहिर तिर हाम्फाल्नको लागि चाहिने प्रयाप्त शक्ति नै उसको शरिरमा थिएन । वास्तबमा उसको शक्ति कहाँ खर्च भयो त ? उसको शरीरमा रहेको शक्ती भाँडोको तातो पानी अनुसार आफ्नो शरिरको तापक्रम Balance गर्न मै खर्च भएको थियो । यसरी बाहिर आउन असमर्थ भ्यागुताको त्यही तातो पानीमा डुबेर मृत्‍यु हुन्छ । यो सबै प्रयोग पछी प्रोफेसरले विद्यार्थीहरूलाई सोध्छन -"भाईबहिनिहरू भ्यागुताको मृत्‍यु के कारणले भयो ?" सबै विद्यार्थीहरूले सजिलै जवाफ दिन्छन-"तातो पानीले सर" 

 दर्शक ब्रिन्द तपाईंले भन्नुस् त भ्यागुता के कारणले मर्यो होला ? पक्कै पनि तपाईंले पनि भन्नुहोला कि भ्यागुता तातो पानीले मर्यो भनेर तर भ्यागुता मर्नु को कारणमा प्रोफेसरले भन्छन -" भाई बहिनिहरू, भ्यागुता मर्नुको कारण तातो पानी होइन बरू उसको अल्छिपन हो । यदी भ्यागुताले सुरुवातमा नै खतराको घन्टी बज्दा बित्तिकै अर्थात अली अली पानी तात्दै छ भन्ने थाहा पाउदा बित्तिकै भाडोबाट बाहिर तिर हाम फालेका भए ऊ बाच्थ्यो तर तातोपानी अनुसार अल्छि गरेर खतरालाई पनि नजर अन्दाज गरेकोले उसको मृत्‍यु हुन पुगेको हो ।

दर्शक ब्रिन्द कती चोटि हामीलाई पनि कुनै पनि कुरा जो हामी गरिरहेका हुन्छौ त्यो गलत हो भन्ने थाहा हुन्छ तैपनी त्यसलाई हामी सुधारदैनौ । हामीले आज मात्र त हो नि, भोली गर्दिन क्यारे भन्दै उही गलत कुरा दोहोर्याइ रहन्छौँ । फलत: त्यो हाम्रो बानी बन्छ र पछी त यस्तो अवस्था आउछ जसबाट हामी पार पाउन पनि सक्दैनौ । यसमा धेरै कुराहरु पर्छन कतिपयको चुरोट रक्सी पिउने बानी हुन्छ , कतिपयको गुटखा खैनी खाने बानी हुन्छ  हामीलाई थाहा छ त्यसले हानी गर्छ भन्ने तैपनी हामीले आज त हो नि भन्दै पिइरहन्छौ,खाइरहन्छौ  । कतिपयको पैसा फजुल खर्च गर्ने बानी हुन्छ । हामीलाई थाहा छ कि भबिष्यको लागि पैसा बचत गर्नुपर्छ तर भोली गरौला, भोली गरौला भन्दा भन्दै हाम्रो भोली कहिलै आउँदैन । मेरो भनाइको तात्पर्य के हो भने यदी कुनै कुरा तपाईंलाई गलत हो भन्ने लाग्छ र त्यसलाई गरिरहनुहुन्छ भने यो कथामा उल्लेखित भ्यागुताको जस्तो नियती भोग्नुपर्नेछ । यदी समयमा नै खतराको रातो बत्तीलाई नदेखे जस्तो गर्यौ भने हामीले नै त्यसको चर्को मूल्य तिर्नुपर्नेछ । हरेक कुराले पूर्व सङ्केत दिइरहेको हुन्छ,बाटो हिड्दा ठेस लाग्यो भने सम्झिनुस् बाटोमा होस् पूर्वक हिंड्न जरुरी छ,खाना खाँदा गासमा ढुङ्गा लाग्यो भने सम्झिनुस् खाँदै गरेको खाना त्यती राम्रोसँग केलाइएको छैन, शरिरमा ज्वरो आयो भने सम्झिनुस् कतै कुनै इन्फेक्सनले भेट्यो । अर्थात जीवनमा पनि धेरै सङ्केतहरू भेटिन्छन् जसलाई समयमै चिनेर आफूलाई सचेत बनायो भने हामीले फुर्सदमा पछुताउनु पर्दैन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad