अहिलेको भौतिक सम्पन्नताले धनी चिन कुनै प्राचिन समयमा अध्यात्ममा पनि निक्कै अगाडि थियो । आज त्यही प्राचिन चीनमा हाँस्दै हाँस्दै डुल्ने 3 Zen Laughing Monk हरूको कथा जोड्न चाहन्छु । चीनमा तीन जना हाँस्दै हाँस्दै डुल्ने साधुहरू थिए । उनिहरूको खास नाम के थियो कसैलाई थाहा भएन, किनकी उनिहरू कसैसँग पनि बोल्दैनथे । उनिहरूको एउटा काम थियो कि डुल्दै डुल्दै बिभिन्न गाउँ तथा शहर पुग्नु र त्यहाँ चोकमा उभिएर मज्जाले पेट मिची मिची हाँस्नु । जब उनिहरू चोकमा उभिएर खित्का छोडेर हाँस्दथे, तब वरिपरिका मानिसहरू एक छिन् त छक्क पर्दथे तर उनिहरूले पनि आफ्नो हाँसो थाम्न सक्दै सक्दैनथे।
र ती तीनै जना जेन साधुहरूसँग मज्जाले हाँस्न थाल्दथे । जब त्यहाँका मानिसहरू हाँस्न थाल्थे ती साधुहरू त्यो गाउँ छोडेर अर्को गाउँ तर्फ लाग्दथे । मानिसहरूलाई बढो अचम्म लाग्दथ्यो कि आखिर यीनिहरू किन हाँसेका होलान, आखिर यिनिहरू किन नबोलेका होलान । यसरी उनिहरू हाँसोको सन्देश फैलाउदै फैलाउदै सारा चीन घुम्दथे, उनिहरूलाई सबैले हाँस्ने तीन साधुहरू भनेर चिन्दथे । शायद उनिहरूको निश्चलता देखेर होला सबैले उनिहरूलाई माया गर्दथे र आफूले सकेको भिक्षा दिएर पठाउने गर्दथे । यसरी डुल्दा डुल्दै धेरै वर्षहरू बिते,उनिहरू पनि बिस्तारै बूढा हुँदै गए । एक दिनको कुरा हो, ती तीन साधु मध्ये अली बूढो चाँही साधुको मृत्यु हुन्छ । जब गाउँलेहरूले यो खबर थाहा पाए तब उनिहरूलाई लाग्यो कि यी तीन जना जिन्दगीभरी सँगै हाँसेर हिंडे, आज एक जनाको मृत्यु भयो । साथीको मृत्युमा उनिहरू के गरेका होलान, दु:खी होलान कि नहोलान, रोलान कि नरोलान । यसरी कौतुहलताले काउकुती लागेका सारा गाउँलेहरू आफ्नो घरको खेतको सबै काम थाती राखेर ती दुई जना जीवित जेन साधुहरूलाई हेर्न भेला हुन्छन । आश्चर्य यो हुन्छ कि, आफ्नो साथीको मृत्युमा दु:ख मनाउ गर्नुको सट्टा उनी २ जना त झन जोर जोरले हाँसिरहेका छन, अझ भुइँमा लडिबुडी गर्दै को भन्दा को कमको गतिमा हाँसिरहेका छन । यस्तो साह्रै नै अस्वाभाबिक द्रिष्य देखेर हैरान भएका गाउलेहरूले ती २ जना जीबित जेन साधुलाई सोध्छन-“के हो मामाला, के यो हाँस्ने बेला हो ? आफ्नो साथी मरेको छ, तिमीहरू चाँही हास्ने ? किन हाँसेको यस्तो बेलामा पनि ?” जीनदगी भरी कहिलै नबोलेका ती २ मध्ये एक जनाले आफ्नो साथीको लासतिर देखाउदै भन्छ-“यो मोरोले हिजो मात्र हामी ३ जना मध्ये को पहिला मर्छ भनेर बाजी थापेको थियो, तर आखिरीमा यो बाजी पनि जितेरै छोड्यो कुकुरले । यहाँ सम्मकी यसले मर्नु अगाडिनै आफ्नो इच्छा पनि बताइसकेको थियो कि उसलाई जलाउने बेलामा उसका पूराना कपडा नफेरिदिनु किनकी उसका कपडा मैला नै भएका छैनन । उसका कपडा मैला भएका छैनन यस् कारणले कि उसले आफ्नो हाँसोको माध्यमबाट यो दुनियाँको फोहोरलाई कहिलै आफ्नो लुगा मैला हुन दिएन ।“ खासमा लासलाई जलाउनु अगाडि लासबाट सबै कपडाहरू हटाइन्छ तर उसको जीऊबाट उसको चाहना अनुसार नै कुनै कपडा हटाइएन,केही बेरमा त्यो मृत् साधुको लासलाई उसले लगाएकै कपडामा चिहानमा आगो लगाइयो, अचम्म भयो कि साच्चिकै उसको लुगाहरूमा कुनै पनि मैला दागहरू थिएनन, उसले लगाएका लुगाहरू बिल्कुल सेफद रेसमी मलमल जस्ता प्रतित हुन्थे । जब यो सबै द्रिश्य मानिसहरूले देखे, इन्द्रेनी रङ्गमा दन्दनी दन्किरहेको आगो अगाडि उभिएर सबै जना खित्का छोडेर हाँस्न लागे । मानिसहरूले एक अर्कासँग भने “जो बाँच्यो ऊ मर्दा किन रूनु । रूने त उसका लागि हो जो बाँच्दै नबाँची मर्यो वा बाँच्नै नजानी मर्यो ।“ जेन कथा झट्ट बुझ्न गाह्रो हुन्छ । यस्ता कथा बुझ्न गहिरो सोच, खुला हृदय र कोमल मन चाहिन्छ ।