एक ब्यक्तिले धेरै तपस्या गरेको हुनाले भगवान प्रसन्न भएर बर माग्न भन्छन तर बर दिने बेलामा भगवानले शर्त राख्छन कि तिमीले जे बर पाउने छौ त्यसको दोब्बर तिम्रो साथीले पाउँनेछ ।
यस्तो अनौठो शर्त सुनिसकेपछी त्यो तपस्यारत ब्यक्ती एकछिन दोधारमा पर्छ । उसले भन्छ प्रभो मैले के बर् माग्ने रात भरि सोचेर भोलि मात्र भन्छु ल , कृपया मलाई सोच्नको एक रातको समय दिनुहोस् । यस्तो सुनेपछी हुन्छ नि त भोलि माग भन्दै भगवान अन्तर्ध्यान हुन्छन । त्यो तपस्या गरेको ब्यक्ती बहुतै सोचमा डुब्छ । भगवान सँग के बर् माग्ने होला त भनेर । जब ऊ राती सुतिरहेको थियो उसले सोच्यो मेरो यता उता हिंड्ने साधन छैन भगवान सँग बाइक मागौ कि क्याहो । एकै छिनमा उसले सम्झ्यो..." ज्या, मैले बाइक मागे भने त म सँग एउटा बाइक हुन्छ छिमेकिसँग दुइटा बाइक हुन्छ किनकि भगवानको शर्त छन कि मलाई जे बर मिल्छ त्यसको दोब्बर त मेरो छिमेकिलाई मिल्ने वाला छ ।" एकै छिनमा उसले सोच्छ-" होइन होइन बाइक को सट्टा भगवान सँग किन कार नमाग्ने ।" फेरी ऊ निराश हुन्छ -"मैले कार मागेँ भने मसँग एउटा कार हुन्छ छिमेकी सँग दुई वटा ।" एकै छिनमा मा फेरी उसले सोच्यो :"जे पर्यो पर्यो हावाइजहाज माग्छु ।" फेरि  ऊ झस्कियो -"जहाज मागेर के गर्नु मसँग एउटा जहाज हुन्छ छिमेकी सँग दुई वटा ।" उसले लामो सुस्केरा तान्दै कोल्टे फेर्छ र फेरि सोच्छ -"जे पर्यो पर्यो घर माग्छु भगवान सँग ।" फेरि उसको मन कटक्क खायो । "घर माग्नु त हुन्थ्यो तर के गर्नु मेरो एउटा घर हुन्छ छिमेकी को दुई वटा ।"
यसरी दोधार मा छट्पटिदा छट्पटिदै बिहान उज्यालो हुन्छ । रात भर नसुतेका अनिदा आँखा मिच्दै त्यो ब्यक्ति भगवानको नजिक जान्छ र उसले माग्छ भगवान कृपा गरेर मेरो एउटा आँखा फुटाइदिनुहोस् ।
दर्शक ब्रिन्द अहिले धेरैजसो मित्रताहरू यस्ता भैदिए कि आफ्नो मात्र उन्नती चाहने,आफ्नो मात्र भलो चाहने, आफू मात्र अगाडि बढ्ने ।मैले नपाए पनि उसले त पाओस भन्नु त परैको कुरा बरू मान्छे यति सम्म गिर्न थाल्यो कि अरुको हानी हुन्छ भने आफ्नै हानी पनि सहन पछी नपर्ने ।