एक ट्याक्सीवाला यात्रुलाई लिएर एअरपोर्ट पुर्याउन जादै थियो । उसले आरामले ट्याक्सी चलाइरहेको थियो त्यत्तिकैमा अचानक एउटा कार पार्किङबाट निस्किएर सिधै मूल बाटोमा आउछ । ट्याक्सी ड्राइभरले जोडले झ्याप्प ब्रेक लगाउँछ जसको कारण ट्याक्सी कारसँग ठोकिनबाट थोरैले जोगिन्छ । कारको ड्राइभर रिसले चुर हुँदै कारबाट निस्किन्छ र ट्याक्सी वालालाई थर्काउन थाल्छ जब कि गल्ती सरासर कारवाला कै थियो । ट्याक्सी ड्राइभरले कारवालालाई केही जवाफ फर्काउदैन बरू मुसुक्क मुस्कुराएर आफ्नो बाटो लाग्छ । यस्तो द्रिश्य देखेको ट्याक्सीमा सवार ब्यक्तिलाई कारवालासँग खुब रिस उठेको थियो यस्तैमा उसले ट्याक्सी ड्राइभरलाई भन्छ-"त्यो कारवालाले तिमीलाई त्यती नराम्रो गाली दिएर गयो तिमीले चाँही किन चुप्चाप सहेर बसेको ? हाम्रो ग्रह दशा बिग्रेका थिएनन र मात्र हो होइन भने उसकै कारण हामीलाई अहिले अस्पताल पुग्नुपर्ने थियो ।" ट्याक्सी ड्राइभरले भन्छ-"दाई कतिपय मान्छेहरू फोहोर बोक्ने ट्रक जस्ता हुन्छन जो हमेशा आफ्नो दिमागमा फोहोर बोकेर हिंडेका हुन्छन जस्तै रिस इर्श्या,अहङ्कार, तनाब,निराशा आदीको फोहोर । जब उनिहरू ती फोहोरहरूले भरिन्छन तब उनिहरूले त्यसलाई बिसाउने ठाउँ खोजिरहेका हुन्छन । त्यसैले यस्ता खालका मान्छेसँग मैले सधैं दूरी बढाउने गर्छु । यदी उनिहरूले म माथि पोखेको फोहोरलाई मैले स्वीकार गर्दो हुँ त म पनि उनिहरू जस्तै गन्हाउने दुर्गान्धित बन्न पुग्छु । यो भन्दा उपयुक्त त उनिहरूसँग हासेरै आफ्नो बाटो लाग्नु उत्तम हुन्छ । जीवन बहुत छोटो छ सर, म त सधैं जसले राम्रो व्यबहार गर्छ ऊसलाई धन्यवाद दिन्छु जसले नराम्रो व्यबहार गर्छ उसलाई माफी दिएर अगाडि बढ्छु । किनकी मलाई थाहा छ यदी आफूलाई देखेर भुक्ने प्रत्येक कुकुरलाई फर्केर ढुङ्गा हान्न थाल्ने हो भने त आफू कहिलै गन्तब्यमा पुग्न सकिदैन । ट्याक्सी ड्राइभरको कुरा सुनेर यात्रुको पनि चित्त बुझ्छ ।
त्यसैले मित्रहरू यो रिस बढो अनौठो हुन्छ यो प्राय: आफू भन्दा कमजोर मान्छेको अगाडि मात्र पोखिन मन पराउँछ । अर्थात अफिसमा बोस सँग उठेको रिस रिस श्रीमानले घरमा आफ्नी श्रीमती माथि पोख्छ । किनकी अफिसमा बोसको अगाडि रिस पोख्यो भने त जागिर जाला भन्ने डर । त्यस्तै श्रीमानसँग उठेको रिस श्रीमतीले छोराछोरी माथि पोख्छे किनकी छोराछोरी त कमजोर छन । भनाइको अर्थ के हो भने मानिसहरू मनमा केही न केही कुण्ठा बोकेरै हिंडेका हुन्छन र अवसर पाउदा बित्तिकै त्यसलाई पोखिहाल्छन । "तिमी किन रिसाएको ?" भनेर सोध्यो भने प्राय: मानिसहरूले भन्ने गर्छन्-"उसले मलाई रिसाउन वाध्य बनायो ।" कती हास्यास्पद कुरा छ यो । कसैले पनि कसैलाई रिसाउन वाध्य बनाउन सक्दैन । सत्य कुरा यो हो कि उनिहरूसँग पहिले नै रिस भरिएको हुन्छ, यदी ऊभित्र रिस नै हुँदैन भने कसले उसलाई रिसाउन वाध्य बनाउन सक्छ ? इनारमा पानी छ भने न त्यो पानीलाई बाहिर निकाल्न सकिन्छ यदी इनारै रित्तो छ भने कसरी पानी बाहिर आउँछ ?? हामी कहिल्यै पनि अरुले देख्ने गरी पिसाब फेर्दैनौ, कसैले नदेखोस् भनेर सुरक्षित ठाउँमा दिसा गर्छौ । अरु त अरु सिगान खकार पनि हामी जहाँ त्यही मानिसहरूले देख्ने गरी फ्याँक्दैनौँ । अर्थात हामीले आफ्ना बिकार तत्वहरूलाई राम्रो सँग ब्यबस्थापना गर्छौ तर हामीले किन हाम्रा मानसिक बिकारहरूलाई चाँही किन जहाँ त्यही फ्याँक्छौ ? जहाँ पायो त्यहाँ रिसाउनु,निराश भनेर हिंड्नु,अरुको इर्ष्या गर्नु र अहङ्कार घमण्डको माला लगाएर हिंड्नु पनि सार्वजनिक ठाउँमा दिसा गर्नु जस्तै हो । आफ्ना मानसिक बिकारहरूलाई ब्यबस्थापना गर्न जान्नु नै सभ्य नागरिकको कर्तब्य हो ।मानसिक बिकारको ब्यबस्थापन गर्ने एउटै उपाय हो आफ्नो सोचमा शुद्धिकरण ल्याउनु । यदी आफ्नो सोचलाई सकारात्मक बनाउन सक्यो भने रिस उठ्ने ठाउँ र अवस्थालाई पनि हामीले कसरी सुधार गर्न सकिन्छ भनेर अाइडिया लगाउन सकिन्छ।