एक शिक्षिकाले एक दिन आफ्ना विद्यार्थीहरूलाई एउटा अनौठो खालको खेल खेलाउने निधो गर्छिन जसको लागि उनले विद्यार्थीहरूलाई आ आफ्नो घरबाट कुहिएका गोलभेडा ल्याउन लगाउछिन । तर त्यसको लागि उनले एक शर्त बताउछिन कि तिमीले जती ब्यक्तिलाई hate गर्छौ अर्थात घ्रिणा गर्छौ त्यत्ती नै सङ्ख्यामा घरबाट गोलभेडा ल्याउनू । भोलि पल्ट कतिले ३ वटा कुहिएको गोलभेडा ल्याएका थिए कतिले ४ वटा त कतिले ९ वटा समेत गोलभेडा ल्याएर आएका थिए अर्थात जसले जती जना ब्यक्तिलाई मन पराउदैनथे त्यत्ती नै वटा कुहिएका गोलभेडा ल्याएर आएका थिए । यसरी सबै विद्यार्थीको अगाडि उभिएर ती शिक्षिकाले भन्छिन अब तिमीहरू मध्ये जो जसले जती वटा गोलभेडा ल्याएका छौ ती गोलभेडाहरुको माला बनएर एक हप्ता सम्म लगाउनु पर्ने हुन्छ । सुरुमा त कुरा सुन्दा विद्यार्थीहरू खुब हाँसे तर खेल त खेलाई थियो । सबैले नियम त मान्नु नै पर्यो । अब जोजसले जती वटा कुहिएका गोलभेडा ल्याएका थिए तीनिहरूलाई धागोमा उनेर उनिहरूले आफ्नो गलामा लगाउनु पर्ने थियो । यसरी कुहिएको गोलभेडा लगाउदा एक दुई दिन त उनिहरूले जेन तेन सहे तर एक एक हप्ता सम्म कुहिएका गन्हाउने आलुको माला लगाउनु त उनिहरूको बशको कुरा थिएन । अब सबै विद्यार्थीहरू गोलभेडाको माला देखी वाक्क दिक्क भएका थिए ।
यही सिलसिलामा तेस्रो दिनमा ती शिक्षिकाले विद्यार्थीको अगाडि मुस्कुराउदै उभिन्छिन र भन्छिन प्यारा भाई बहिनिहरू जसरी तिमीहरूलाई गन्हाउने कुहिएका गोलभेडा सधैं गलामा बोकेर हिंड्नु असजिलो भयो त्यस्तै आफूले hate गर्ने ब्यक्तिलाई सधैं दिमागमा बोकेर हिंड्नु पनि तिमीहरूको लागि बोझ नै हो । जुन बोझ र दुर्गन्धको त तिमीहरूलाई आज सम्म पत्तो समेत थिएन । यसर्थ सकेसम्म कसैलाई पनि उपेक्षा र घ्रिणा नगर । जब कसैलाई Hate गर्नेछौ तिमीले उसलाई २४ घण्टा आफ्नो दिमागमा बोकेर हिंड्नु पर्ने छ । यसर्थ हामीले आफूलाई घात गर्ने ब्यक्तिलाई पनि माफि दिनु पर्छ यो कारणले होइन कि ऊ माफि दिन लायक छ बरू यो कारणले कि हामीले उसलाई सधैं भरी बोकेर हिंड्न सक्दैनौ । यदी जिन्दगीमा यस्तै कुहिएका आलुहरू मात्रै बोक्दै गयौ भने हामी केवल थकित मात्र होइन दुर्गान्धित समेत हुनेछौ ।