
एक राजालाई भाबी पुस्ताका लागि सफल हुन चाहिने ज्ञान सङ्कलन गर्न मन लागेछ त्यसका लागि उनले एक नाम चलेका बिद्वानलाई आफ्नो दरबारमा डाकेछन । बिद्वानलाई आफ्नो चाहना सुनाउदै राजाले भनेछन "विद्वान महोदय, म चाहन्छु भाबी सन्ततिले ज्ञान आर्जन गर्नको लागि अहिले जस्तो धेरै पुस्तकहरू पढ्नु नपरोस अब तपाईंको काम के भने तपाईंले पुस्तकालयमा भएका जती सम्पूर्ण धर्म शास्त्र,नितिशास्त्र,राजनिती शास्त्र,अर्थ शास्त्र,दर्शन शास्त्र आदि का बिषयमा लेखिएका सम्पूर्ण पूस्तकहरू अध्ययन गरेर त्यसबाट आएको निश्कर्षलाई समेटी एउटा किताब लेख्नुपर्यो । । राजाको हुकुम न हो राजाको आज्ञ पाउदा बित्तिकै ती विद्वान उक्त सराश ज्ञान हासिल गर्नको लागि पुस्तकालयमा छिरे । झन्डै १० बर्ष सम्म अनवरत हजारौ पुस्तक पढिसकेपछी ती बिद्वानले ती सबै ज्ञानको सारांश १ पूस्तकमा समेटिने गरी किताब लेखेर उक्त किताब राजालाई दिए । राजाले जब त्यो किताब पढे तब उनले भन्छन " विद्वान महोदय, यती ठुलो किताब पढ्नको लागि मान्छे सँग कसरी फुर्सद हुन सक्छ र? अब तपाईंले यो पुस्तकलाई पनि छोट्याएर यसको सारांस नबिग्रने गरी एक पान्नामा लेख्नुपर्ने भयो । राजाको कुराले विद्वानलाई फसाद पर्यो तैपनी उनले चुनौती स्वीकार गरे र झन्डै १२ बर्षको कठिन प्रयास पछी अन्तत उनले किताब भरिको ज्ञानलाई एक पेजमा समेटेर राजालाई बुझाए । एक पेजमा कैद गरिएको उक्त दिब्य ज्ञानलाई राजाले यसो पढ्छन तैपनी उनलाई चित्त बुझ्दैन । उनले भन्छन "विद्वान महोदय मानिसहरु आजकल यती ब्यस्त छन कि उनिहरूसँग कहाँ एक पेज पढ्ने समय छ र अब तपाईंले यो ज्ञानलाई पनि यसको मर्म नमर्ने गरी एक अनुच्छेदमा घटाएर ल्याउनु पर्यो ।" बिद्वानले यो पटक पनी चुनौती स्वीकार गरे र १५ बर्षको कठिन प्रयास पछी एक पेजको ज्ञानलाई पनि एक अनुच्छेद मा झारेर राजालाई ल्याएर देखाए ।
दर्शक ब्रिन्द, राजा अनुच्छेदबाट पनि खुशी थिएनन उनले फेरी भन्छन "विद्वान महोदय, अब तपाईंले यो अनुच्छेदलाई पनि घटाएर एक वाक्यमा लेख्नु पर्यो कि मानिसले बुझ्नै पर्ने सफलताको दिब्य ज्ञान के हो भनेर?" बिद्वानले लामो सास फेर्छन । यही काम गर्दा गर्दै उनका दाह्री जुगा कपाल सबै सेतै फुलिसकेका थिए । यो चोटि पनि उनले राजाको च्यालेन्ज स्वीकार गरे र झन्डै १८ बर्षको कठोर अध्ययन चिन्तन मनन बाट त्यो एक अनुच्छेद लाई पनि उनले मर्म नमर्ने गरेर १ वाक्यमा घटाएर राजालाई ल्याएर देखाए । जब राजाले त्यो सफलताको दिब्य ज्ञान एक वाक्यमा पढे उनी बहुतै प्रसन्न भएर मुस्कुराए । दर्शक ब्रिन्द संसार भरिका लाखौं किताबहरूको सार लाई एउटा किताबमा,त्यो एक किताबलाई पनि घटाएर एक पानामा, त्यो पानालाई पनि अझ घटाएर एक अनुच्छेद मा र त्यो अनुच्छेद्लाई घटाएर एक वाक्यमा कैद गरिएको सफलताको सबैले बुझ्नुपर्ने दिब्य ज्ञान के थियो के तपाईं जान्न चाहनुहुन्छ ? हो दर्शक ब्रिन्द सबै ग्रन्थहरूको मूल सार, सबै ज्ञानहरूको तत्व ज्ञान त्यो वाक्य हो There IS NO FREE lunch in THIS WORLD अर्थात संसारमा सित्तैमा केही पनि पाइदैन केही चिज पाउनको लागि त्यसको मूल्य चुकाउन सक्नु पर्छ । यसर्थ बुझ्नुस् कि सित्तैमा तपाईंलाई कसैले केही ल्याएर दिने वाला छैन । केही पाउनको लागि तपाईंले सिरक फ्याक्नु पर्छ ,आफ्नो बिस्तार बाट उठ्नै पर्छ,आफ्नो बलेनी छोड्ने आट गर्नै पर्छ । भनिन्छ नि बसी बसी त सिहकै मुखमा पनि सिकार आएर पस्दैन ।
उद्यमेन हि सिध्यंति कार्याणि न मनोरथै:।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा:॥
दर्शक ब्रिन्द कुनै काम तब सम्पन्न हुन्छ जब त्यसलाई प्रयत्नका साथ गर्न थालिन्छ यदी कामै नगरी मनमनै स्वर कल्पनामा मात्र डुबेर जीबनमा केही पनि हासिल गर्न सकिदैन । जसरी की सिंह बलवान छ भन्दैमा कुनै सुतिरहेको सिंहको मुखमा आएर हरिण पस्छ र ? पस्दैन । मानौ कुनै सिह मस्त सुतिरहेको थियो त्यही बेलामा एउटा मृग घुम्दै घुम्दै सिंह नजिक आयो । सिंहले आफूलाई आक्रमण गर्नुको सट्टा आनन्दले सुतेको देखेर कुनै मृगले "बिचरा मलाई खाने सिंह त सुतेको पो रहेछ यसलाई कती भोक लागेको होला ? भैगो म नै उसको मुख भित्र पसेर त्यसको भोक शान्त पारीदिनु पर्यो । भन्छ कुनै मृगले यसो ? अवश्य भन्दैन । राजा भएर मात्र के गर्नु मृग खानका लागि सिंहले पनि काम नै गर्नु पर्छ, सिंह स्वयम नै शिकारको लागि दौडिनुपर्छ । यसर्थ बहाना बनाउन बन्द गर्नुहोस् । तपाईंले जीवनमा एउटा कुरा मात्र् बनाउन सक्नुहुन्छ यात ईतिहास यात बहाना । दुबै एकै चोटि कदापी बनाउन सक्नुहुन्न । यसर्थ बहाना बनाउनुको सट्टा काम गर्न थाल्नुहोस् ,मिहिनेत गर्न थाल्नुहोस् जब मिहिनेत गर्नुहुनेछ तब तपाईं सफल हुनुहुनेछ सफलताले नै ईतिहास बनाउनेछ ।