कुनै ठाउमा एउटा बिशाल ताल थियो , त्यो तालको एक छेउमा रहेको चौतारोमा बसेर एक तपस्वीले तपस्या गर्ने गर्थे । त्यही चौतारो र तालको डीलमा एउटा गुलाबको बोट पनि थियो । एक दिन गुलाबको पातले ती तपस्वीलाई सोध्छ , कि तपस्वी महोदय , हजुर त महाज्ञानी हुनुहुन्छ मलाई यो बताइ दिनुस् कि , यो गुलाबको फूललाई सबैले प्रशम्सा गर्छन् , यसको सुन्दरताको बयान गर्छन् तर हामी पातहरूलाई कसैले वास्ता गर्दैन । वास्तव मा हामी फूलजस्तो सुन्दर रङ्ग र बासना छर्न पनि सक्दैनौ । बास्तबमा इश्वरले म पातको सृस्टि किन गरेको होला । मेरो त यो धर्तीमा केही अर्थ छ जस्तो लाग्दैन । जीवनलाई अर्थपूर्ण बनाउन मैले यो धर्तिमा के गर्न सक्छु होला बताइ दिनुस् न । गुलाबको पातको यस्तो कुरा सुनेर तपस्वी गम्भिर हुन्छन र भन्छन यदि तिमी यस् धर्तिमा किन जन्मेको र तिमीले अरुको लागि के गर्न सक्छौ भनेर जान्नु छ भने तिमीले केही दिन पर्खिनु पर्ने हुन्छ । तपस्वीको कुराले गुलाबको पात केही आश्वस्त देखिन्छ र आफूले के गर्ने सक्ने रहेछु भनेर आफ्नो जीवनको अर्थ पत्ता लाग्ने दिन कुरेर बस्छ । लामो समय बिते पछी एक दिन उक्त ठाउमा ठुलो हावाहुरी चल्छ । त्यस हावाहुरीले धेरै पात पतिङ्गर र किरा फट्याङ्रा अनि कमिलाहरूलाई उडाएर बिचल्ली पारीदिन्छ । त्यही दिनको हुरीमा उक्त गुलाबको पात पनि हावाले उडाएर तालको बिचमा पुर्याएको थियो । त्यही बेलामा चौतारोमा बसेका तपस्वीले उक्त तालको बीचमा पुगेको गुलाबको पातलाई भन्छन प्रिय पात तिमीले जिवनमा अरुको लागि कसरी काम आउन सक्छु भनेर सोधेका थियौ , हो आज तिमीले अरुको मदत् गर्ने दिन आएको छ । तिम्रो अगाडि हेर त एउटा कमिला पानीमा छट्पटै रहेको छ त्यस कमिलालाई तिमीले बोकेर तालको डिल सम्म ल्याइ देऊ ।तपस्वीको आग्रह बमोजीम उक्त पातले जतन पूर्वक उक्त कमिलालाई सकुशल तालको डिलसम्म ल्याएर छोडि दिन्छ । यो दिन उक्त पातले गुलाबको बोटमा हेर्छ त सबैले प्रसंशा गर्ने गुलाबको फूल बोटमा थिएन उसलाई केही दिन अगाडि नै कसैले टिपेर लगिसकेको थियो । तर आज उसले गुलाबको फूल ले गर्न नसकेको कसैको ज्यान बचाउने काम गरेको थियो, कसैलाई नयाँ जीवन दिएको थियो उसले । उसले कमिलाको ज्यान बचाएकोमा उक्त चौतारोको वरिपरि उसको कृति र प्रसिद्दी फैलिन्छ । पहिले कसैले नचिन्ने र माया नगर्ने हरूले पनि अब पातलाई माया र सम्मान गर्न थाल्छन् ।
दर्शक ब्रिन्द यस् प्रतिकात्मक कथाको मर्म यो हो कि हरेक को पालो आउँछ । फरक यत्ती हो कि कसैको छिटो आउछ त कसैको ढिलो । यसैले कहिल्यै आत्तीनु हुँदैन हरेश खानु हुँदैन । एउटा भनाइ छ नि जब नदिमा बाढि आउँछ माछाले कमिलालाई खान्छ जब बाढि घटेर नदी आफ्नै पहिलेको स्थान मा फर्किन्छ तब कमिलाले माछालाई खान्छ किनकी नदी पहिलेकै ठाउमा फर्किए पछी त पहिले कमिलालाई खाना पल्केका माछा हरू त बगर मा नै मर्छन ।
तपाईंले पनि आफ्नो जीवनलाई कहिल्यै अर्थ हीन नसम्झिनुस् । अरुको जीवन देख्दा तपाईंलाई आफ्नो जीवन फिक्का लाग्दो हो तर त्यस्तो होइन यस् धर्तिका हरेको श्रीस्टी कुनै न कुनै अर्थ बोकेरै भएको छ ।