कुशल आवाज र आत्मविश्वासको शक्ति

 


एक सेनापती आफुसँग रहेका १००० जना सिपाही लिएर एउटा युद्ध लड्नको लागि अघी बढ्दै थिए । बीच बाटोमा पुग्दा नपुग्दै उनिहरूले सूचना पाउछन कि उनिहरूसँग भिड्नको लागि त शत्रु पक्ष झन्डै १०,००० को सङ्ख्यामा आधुनिक हतियार सहित तम्तयार भएर बसेका छन । यस्तो खबर जब सिपाहीहरूले थाहा पाउछन उनिहरू डर ले त्राही त्राही हुन्छन, किनकी १०००० को अगाडि जम्मा हजार जना त केवल चटनी न हुने हो, बाच्ने त कुनै आशा छैन ? अब के गर्ने त अनि त अघिसम्म Excited भएर हिडिरहेका सिपाइहरू पनि बिस्तारै मुर्झाएको कुखुरा जस्तो पछीपछी-पछीपछी सर्न थाल्छन् । त्यही बीचमा कतीपय सिपाहीहरू घरमा साना साना छोराछोरी छोडेर भर्ती भएका रहेछन । आज मरिन्छ भन्ने थाहा पाएपछी उनिहरूलाई घरको याद आएछ । उनिहरू रुदा रैछन् -"घरमा साना साना लालाबाला थिए, तिनिहरूलाई नहुर्काइ कनै मरिने भैयो कठै ।" कतिपय सिपाहीहरू घरमा गर्भवती श्रीमती छोडेर पल्टनमा आएका रहेछन उनिहरुले भन्न थालेछन-" श्रीमती गर्भवती छे, पेटको सन्तानको अनुहार पनि देख्न नपाई मरिने भैयो नि भगवान ।" त्यस्तै कतिपय सिपाहीहरू चाँही बिहे पनि नगरेको रहेछ उनिहरूले भन्दो रैछन्-"बिहे पनि गरेको छैन, हनिमुन पनि नमनाइकन मरिने भैयो नि बरै ।"

 यसरी एकाएक निराश भएका आफ्ना सिपाहीहरूलाई देखे पछी ती सेनापतिलाई केही त गर्नै पर्‍यो भन्ने लाग्छ अनी उनले सबै सिपाहीलाई एक मन्दिरको अगाडि उभिन लगाउछन र भन्छन-" सिपाही साथीहरू, यो कुरा सत्य हो कि शत्रु पक्ष हामी भन्दा बलियो छ तर यदी हामीलाई भगवानले शक्ती दिने हो  भने शत्रु १०,००० मात्र् होइन लाखौं कै संख्यामा भए पनि हामी उनिहरूलाई जित्न सक्छौ । बरू हामीले अब यो मन्दिर अगाडि उभिएर आधी घण्टा भगवानको प्रार्थना गरेर शक्ती मागौ । यदी भगवानले हाम्रो प्रार्थना सुन्नु भो भने हामीले युद्ध जित्ने छौ यदी सुन्नु भएन  भने हामीले युद्ध हार्ने छौ, के तपाईंहरू प्रार्थनाको लागि तयार हुनुन्छ ।" आफ्नो सेनापतिको यस्तो कुरा सुने पछी एक सिपाहीले आफ्नो काँपेको स्वरमा सोध्छ-" सेनापती ज्यु सेनापती ज्यु हामीले भगवानको प्रार्थना त गरौला तर उहाले हाम्रो कुरा सुन्नु भयो कि भएन अर्थात हामीलाई शक्ती दिनुभयो कि भएन कसरी थाहा पाउने ?" सेनापतिले मुस्कुराउदै भन्छन-" त्यो त सजिलो छ नि पहिले हामी सबै मिलेर प्रार्थना गर्छौ त्यसपछी हामी एक सिक्का उफार्ने छौ यदी त्यो सिक्का फिराउदा त्यो सिक्काको टाउको तिरको भाग आयो भने भगवानले हाम्रो प्रार्थना सुन्नु भो र हामीले युद्ध जित्ने छौ यदी त्यसलाई फिराउदा पुच्छर आयो भने भगवानले हाम्रो प्रार्थना सुन्नु भएन र हामीले युद्ध हार्ने छौ ।" यही बीचमा एक सिपाहीले सोध्छ-" सर सर यदी सिक्काको टाउको आए त हामीले शत्रुलाई जित्ने छौ युद्ध लड्नु मुनाशिव हो तर यदी सिक्काको पुच्छर आयो भने हामी के गर्छौ, युद्ध लड्छौ ?" सेनापतिले भन्छन-"यदी सिक्का उफार्दा पुच्छर नै आए पनि हामी युद्ध लड्छौ किनकी वीरहरु भनेका ती हुन जो लडेर मर्न चाहन्छन भागेर ,कायर भएर मर्न चाहदैनन ।"

 सेनापतिको यस्तो आदेश भए पछी सबै सिपाहीहरू यात मर्ने यात मार्ने बिकल्प साथमा लिएर झन्डै आधा घण्टासम्म दिलबाट प्रार्थना गर्छन् । जब प्रर्थना सकिन्छ तब सेनापतीले सबै सिपाहीलाई एउटा गोलो घेरा बनाउन लगाएर त्यसको वरिपरि सिपाहीलाई उभ्याउछन र आफू बीचमा जान्छन । बीचमा उभिएका सेनापतिले आफ्नो कोट्को खल्तिबाट एउटा सिक्का निकालेर भिडलाई देखाउदै भन्छन सिपाही साथीहरू के म भगवानले हाम्रो प्रार्थना सुन्नु भोकी भएन भनेर छेक् गरौ । सिपाहीहरूको मुटुको धड्कन बढीरहेको थियो , उनिहरूले हुन्छ भन्दै जब जवाफ मात्र् के दिएका थिए उनले त्यो सिक्का १,२,३ गर्दै फिराउछन । जब सिक्का भुइमा पल्टिन्छ सबै थाहा पाउछन कि सिक्का ले टाउको देखाइरहेको छ ।अनी त के चाहियो अघि सम्म निराश भएका सिपाहीहरूको मुहारमा पनि कहाँ बाट हो कहाबाट उत्साहको   करीस्मा आउँछ । सबैजना Hib }हिब Hurrey भन्दै चिच्याउछन । यसरी उत्साहित भएका आत्म विश्वासी सिपाही जब युद्ध मैदान मा जान्छन उनिहरू यसरी लड्छन यसरी लड्छन । उनिहरूको युद्ध कौसल देखेर एक चाइना पनि शत्रु युद्ध मैदान मा टिक्न सक्दैन । आफ्न शत्रुलाई हराएर मात्र् होइन मरिन्छन भएको युद्धमा बचेँर आए पछी के चाहियो । त्यो राती उनिहरूलाई सेनापतिले पार्टी दिन्छन । पार्टिमा कोहो नाचिरहेका थिए कोही गाइरहेका थिए , कोही आफ्ना गर्ल फ्रेन्डसँग "बाँचियो नि प्रिया,बाचियो" भन्दै च्याट गर्दै थिए । त्यही बेलामा सेनापती "के गर्दै छन सिपाही केटाहरू" भ्न्दै उनिहरूले भोज खाइरहेको ठाउमा आउछन । अनी सेनापतिले सोध्छन "प्रिय सिपाही साथीहरू के तपाईंहरुलाई लाग्छ त आज भगवानले हाम्रो प्रर्थना सुन्नु भएकै हो

त ?" आफ्ना सेनापतिको यस्तो कुरा सुने पछी पुरै रक्सिले लठ्ठ भएको एक सिपाहीले लर्बरिएको स्वरमा भन्छ-" सेनापती ज्यू पनि कस्तो कुरा गर्नुहुन्छन , भगवानले हाम्रो प्रार्थना नसुनेको भने थोडै हामी युद्ध जित्थ्यौ त ?" यस्तो कुरा सुने पछी ती सेनापतिले मुस्कुराउदै भन्छन "प्रिय साथीहरू तपाईंहरू युद्ध मैदान जानु अगाडि तपाईंलाई निराश भएको देखेर तपाईंहरूलाई उत्साहित बनाउन मैले एउटा Trick लगाएको थिएँ । हामी सबैलाई थाहा छ प्रत्येक सिक्का को एकापट्टी Head अर्थात टाउको हुन्छ र अर्का पट्टी Tail  अर्थात पुच्छर हुन्छ तर आज मैले उफारेको सिक्का बिशेष किसिमको थियो त्यसको एकापट्टी पनि Head थियो अर्का पट्टी पनि Head नै थियो ।" जीतको रहश्य जानेर सिपाहीहरू दङ्ग् पर्छन । कतिपय झुट यस्ता हुन्छन जसले कसैलाई हानी गर्दैनन बरु फाईदा भने सबैलाई गर्छन् । त्यस्ता झुटको प्रयोग गर्नु पाप होइन बिबेक हो । यो कथामा पनि एउटा झुट कै प्रयोग गरिएको छ तर असल नियतले । आफ्ना सिपाहीहरूको आत्मबल बढाउनको लागि।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad