बम्बल बी एक मौरी को प्रजाती हो । यसको बारेमा चाख लाग्दो कुरा के छ भने यसको जीऊ यसका पखेटाहरूको तुलनामा धेरै वजनदार हुन्छ । एरोनोटिकल ईन्जिनियरिङको हिसाबले हेर्ने हो भने त्यती साना पखेटाको मद्धतले त्यती ठुलो जीऊ लिएर उड्न कुनै पनि हालतमा सम्भब हुँदैन तैपनी बम्बल बी उड्छ किनकी उसलाई आफू उड्न सक्दिन भन्ने थाहा नै हुँदैन ।
सन १९०३ भन्दा अगाडि जती पनि गणितीज्ञहरू थिए उनिहरूले यो सिध्द गरेका थिए कि मानिस आकाशमा उड्न गणितीय र बैज्ञानीक हिसाबले कदापी सम्भब छैन तैपनि राइट ब्रदर्सले हवाइजहाज उडाइदिए र त्यसलाई सम्भब तुल्याए किनकी उनिहरुले उड्न सकिदैन भने गणीत पढेकै थिएनन । त्यसैले कहिले काही धेरै जान्नु पनि अभिसाप हुन्छ । जब तिमीलाई कसैले तिम्रो लिमिटेसन अर्थात सिमितताको बारेमा बताइदिन्छ तिमी त्यही कुरालाई बिश्वास गरेर आफूलाई खुम्च्याउछौ । अरुको धारणा लिएर कदापी नबाँच, जब सोच्नु पर्ने हुन्छ बिल्कुल फरक धारले सोच्ने साहस गर ।