प्रसङ्ग सिद्धार्थ राजकुमार बुद्ध बन्नु भन्दा अघिको हो । जब राजकुमार सिद्धार्थ ज्ञानको खोजिमा तपस्याको लागि निस्किन्छन , तब उनले मानिसलाई कसरी दु:ख मुक्त गराउने भन्ने खोजको लागि छ बर्ष तपस्यामा बिताउछन । झन्डै छ बर्ष तपस्या गर्दा पनि ज्ञान प्राप्त नभएपछी राजकुमारलाई लाग्छ कि यो तपस्याबाट ज्ञान प्राप्त गर्ने कुरा बाइयत रैछ । मैले ज्ञान प्राप्त गर्न नसक्ने भएँ भन्ने निष्कर्स मा पुगी आफ्नो तपस्यालाई बिचैमा रोकेर उनी जङलबाट शहरतिर फर्किदै गरेका हुन्छन । जब उनी जङलको बाट फर्किदै थिए उनी एक चौतारोमा बसेर थकाई मार्न थाल्छन ।
चौतारोमा सुस्ताइरहेका सिद्धार्थ राजकुमारको नजर नजिकै रहेको एक बिशाल पोखरिमा जान्छ । पोखरिमा कञ्चन पानी थियो तर उक्त पोखरिको डीलमा बसेर एक लोखर्के भने बढो अनौठो गतिबिधी देखाइरहेको थियो । लोकर्केले पूरै तनमन को साथ पोखरिको पानीमा आफ्नो पुच्छर चोबल्दै पानी बाहिर फाल्दै गरिरहेको थियो । लोखर्केको यस्तो हर्कत देखेर आश्चर्य मान्दै सिद्धार्थले सोध्छन , ए लोखर्के तिमीले यो के गरेको । लोखर्के ले राजकुमारको मुखमा पनि नहेरी जवाफ दिन्छ , मैले पोखरी सुकाउन आटेको । लोखर्केको कुरा सुनेर सिध्दार्थ राजाकुमारले हाँस्दै भन्छन , यस्तो मुर्खतापूर्ण कुरा नगरन लोखर्के । एक तिमी यती सानो छौ त्यसमाथि तिम्रो पुच्छर अझ सानो छ , त्यती सानो पुच्छरले पानी फाँकेर यती बिशाल पोखरी कसरी सुक्न सक्छ ? राजकुमारको यस्तो कुरा सुने लोखर्के ले भन्छ , सुन राजकुमार, पहिले मलाई यो बताउन देऊ कि , मैले यो पोखरी किन सुकाउदै छु भनेर । थाहा छ , पोहोर साल यो पोखरीले मेरा दुई सन्तान लाई डुबाएर मार्यो , त्यो बेला त मैले यसलाई ठिकै छ भनेर माफि दिए तर यसपाली त यसले मेरी एक मात्र् सहाराको रुपमा रहेकी श्रीमती लाई समेत डुबाएर मार्यो । आज म यसलाई छोड्ने वाला छैन यसलाई सुकाएरै छोड्छु । लोखर्केको यस्तो बेदना पूर्ण कुरा सुनेर राजाकुमारलाई दया पनि लाग्छ तैपनी उनले लोखर्केलाई उपदेश दिने मनशुवाले भन्छन-" तिम्री श्रीमती मरिन भने त अर्की श्रीमती पो बिहे गरेर बस्ने हो त , तिमी यती सानो प्राणीले यती ठुलो पोखरी सुकाउँछु भनेर सुक्छ त ?" सिद्धार्थका यस्ता कुरा सुनेपछी लोखर्केलाई साँचिकै जङ्ग चल्छ अनि उसले उनितिर औंला ताक्दै भन्छ , सुन राजकुमार मेरो प्रयासले यो पोखरी सुक्छ अथवा सुक्दैन दोस्रो कुरा हो तर म मेरो निर्णयबाट पछी हट्न सक्दिन । ओ माइ गड , पोखरी सुक्छ सुक्दैन दोस्रो कुरा हो तर म मेरो निर्णय बाट पछी हट्न सक्दिन । लोखर्केको यस्तो कुराले सिद्धार्थको घैटोमा घामा लाग्छ , उनी झल्यास ब्युँझे जस्तै हुन्छन र मनमनै भन्छन , मलाई ज्ञान प्राप्त होस् अथवा नहोस् मैले बिचैमा तपस्या किन भङ्ग गरे । वास्तवमा एउटा लोखर्के त आफ्नो निर्णयमा यती कटिबद्द छ भने म चाँही किन आफ्नो निर्णयबाट पछाडि हटेँ ? वास्तवमा मैले गल्ती गरेछु भनेर उनी पुन तपस्या स्थलमा फर्किएर तपस्या गर्न थाल्छन् , यसरी लोखर्केबाट प्रेरित भएर तपस्या गर्न थालेको छ हप्तामा उनी एउटा सामान्य मानिसबाट भगवान गौतम बुद्ध बन्न सफल हुन्छन ।
त्यसैले मित्रहरू एउटा बच्चा परिपक्क भएर जन्मिन पनि एउटी आमाले नौ महिना कुर्नु पर्छ,एउटा बीऊले बिरुवा बनेर उम्रिनको लागि पनि त्यसले केहीदिन माटोभित्र धैर्य गर्नै पर्छ । जुन फल दिन नपुगी झरेको हुन्छ त्यो फल यात तीतो हुन्छ यात अमिलो । हरेक परिपक्कता र परिपूर्णताको लागि धैर्यता जरुरी हुन्छ । भनिन्छ तीन फरक फरक ठाऊमा तीन तीन फीट खन्दा होइन बरु एक ठाऊमा नौ फीट खन्दा जमिन मुनिबाट पानी निस्कने सम्भावना बढी हुन्छ । जो मान्छे आफ्नो कर्ममा टिक्न सक्दैन ऊ कुनै पनि ठाऊमा बिक्न सक्दैन । यसर्थ पहिले आफ्नो गन्तब्य निर्धारण गर अनि आफ्नो बाटोमा निरन्तर अगाडि बढ्दै जाऊ ।