उसको ओठ मुख सुकेर प्याक प्याक भैरहेको थियो तैपनी उसको लोभ हराएको थिएन ।

 


एक पटक एक राजालाई अनौठो प्रयोग गर्ने इच्छा जाग्छ । सोही इच्छा बमोजिम उनले एक ब्यक्तिलाई आफ्नो सामु बोलाएर भन्छन तिमी भोलि बिहान घाम झुल्किदा बित्तिकै दरबार अगाडिको खेतमा दौडिनु , तिमी दिन भरी दौडिएर जती दुरी पार गर्नेछौ त्यती क्षेत्रफल बराबरको खेत सहितको जमिन मैले तिमीलाई दिनेछु । तर ख्याल गर्नु कि त्यो जमिन आफ्नो बनाउनको लागि तिमी जुन ठाउबाट बिहान  यात्रा थाल्नेछौ फेरि  फर्केर घाम नअस्ताउदै त्यही ठाउमा आउनुपर्ने छ । यती कुरा सुने पछी त्यो ब्यक्तिलाई बहुतै खुशी लाग्छ ।जती सक्यो धेरै दूरी दौडिएर पार गर्ने मनमनै सोच्दै त्यो ब्यक्ती आफ्नो घरतर्फ  फर्किन्छ । राजाको आदेश बमोजिम भोलिपल्ट ऊ पुरै बन्दोबस्त मिलाएर घाम झुल्किदा बित्तिकै आफ्नो दौड सुरु गर्छ । ऊ दिन भर बहुतै जोड तोड का साथ दौडिन्छ । जब उसलाई थकाई लाग्थ्यो , उसले भन्थ्यो भोलि आराम गरुला ,आज त दौडिने हो । जब उसलाई प्यास लाग्थ्यो उसले भन्थ्यो , भोलि पानी पिउला , आज त दौडिने हो , जब भोक लाग्थ्यो उसले भन्दथ्यो आज त दौडिएर जग्गा जमिन कमाउने  हो खाना त भोलि खाऔला नि  अघाउन्जेल  । ऊ मनमनै सोच्दै थियो -"आहा भोलि यो पूरै आँखाले देख्ने जती जमिन मेरो हुँदा मलाई कती खुशी मिल्ला, मानिसहरूले मलाई धनी जमिन्दार भनेर सम्मान गर्नेछन, जब उनिहरूलाई ऋण चाहिने छ उनिहरू सबै मेरो आगनमा हात जोड्न आउने छन ।यो जमिन आफ्नो बनाएपछी यसको केही हिस्सा बेचेर एउटा राम्रो घर बनाउने छु,घर अगाडि स्वीमिङ्ग पूल र बगैचा बनाउनेछु, आफ्नै घरभित्र  डान्स बार खोल्नेछु अनि त्यही बारमा  सुन्दर सुन्दर स्त्रिहरूसँग नाच्दै  र रमाइलो गर्दै बाँकी जिन्दगी रिल्याक्स गरेर बिताउने छु । "    यस्तै यस्तै सपना र योजनाहरू बुन्दै बुन्दै लगातार ऊ  के दौडिदै थियो अचानक उसलाई राजाले भनेको दौड को सर्त याद आउछ । सर्त अनुसार त ऊ बिहान जहाँबाट दौडिन सुरु गरेको थियो त्यही ठाउँमा घाम नडुब्दै  फर्किनु पर्थ्यो । अब पर्‍यो फसाद , ऊ त आफ्नो दौडमा यती मग्न भएछ कि उसले त आफू फर्किनु पर्छ भन्ने कुरा नै बिर्सिएछ । यसो आकाशतिर हेर्छ त घाम डुब्न करिब करिब एक घण्टा मात्र बाँकी छ ,अब के गर्ने ? उसले जे होला होला भनेर हतार हतार बिहान यात्रा थालनी  गरेको  बिन्दुतिर फर्किन थाल्छ । अब तपाईं आँफै अन्दाज लागाउनुस कि दिन भर लगाएर दौडिएको त्यती लामो बाटो अब उसले एक घण्टामा फर्किनु पर्ने थियो । एक त ऊ पहिल्यै थाकेको ,भोक र प्यासले गलेको त्यसमाथि दिन भर हिंडेको बाटो एक घण्टामा फर्किनुपर्ने भएपछी उसँग सास फेर्ने समेत् फुर्सद थिएन ।कती कती बेला उसको सासै रोकिएर मुटु फुट्ला जस्तै हुन्थ्यो तैपनी ऊ दौडिन छोड्दैनथ्यो किनकी उसले सारा जमिन आफ्नो बनाउने सपना सँगालेको थियो । त्यही लालचले उसलाई एक सेकेण्ड पनि रोकिन दिएन । उसको शरीरमा अब बग्नको लागि एक थोपा पसिना समेत बाँकी थिएन, जती पसिना बग्नु थियो ती पहिल्यै बगिसकेको  थियो । उसको ओठ मुख सुकेर प्याक प्याक भैरहेको थियो तैपनी उसको लोभ हराएको थिएन ।

  तर जे होस् जेन तेन ऊ चार हातपाउ टेकेरै भएपनी ऊ बिहान यात्रा थालनि गरेको बिन्दु सम्म अाइपुग्छ । त्यो ठाउमा उसलाई उसले दौडिएर कमाएको जमिन उसको नाममा पास गरिदिनको लागि राजा पर्खिएर बसेका थिए । तर अफसोच जब ऊ त्यो ठाउमा के अाइपुगेको  थियो अत्याधिक थकानको कारण ऊ त्यही ठाउमा बेहोस् भएर लड्छ एक छिनमा थाहा हुन्छ कि हार्ट अट्याक भएर उसले सदाको लागि यो संसार छोडेको थियो । अनी उसलाई राजाले त्यही बिन्दुमा चिहान खनेर गाड्न लगाउछन । यो सबकुछ देखेका राजाका मन्त्रिहरुले मन मनै भन्छन बिचरा यो मान्छेले दिनभरी दौडिएर सारा जमिन आफ्नो बनाएँ भनेको त उसले त केवल चिहान बराबर को जमिन मात्र पो आफ्नो बनाएको रहेछ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad