जीवनमा अनेक किसिमको बाधा र व्यवधानहरू आइराख्छन्। जसरी एउटा नदी निरन्तर आफ्नो एउटा गतिमा बगिरहेको छ । नदीले कहिले यो भनेको छैन कि किन फोहोर पानी मिसाएको नदी सधैँ आफ्नै गतिमा बगिरहेको छ। त्यसरी जीवनमा पनि यो नदी जस्तै निरन्तर बगिरहने यात्रा हो। यसमा कहिले हार त कहिले जित हुन्छ कहिले सुख त कहिले दुख हुन्छ।
प्रसङ्ग बुद्ध आफ्ना शिष्यहरुसँग जङ्गलको बाटो हुँदै कतै जादै थिए । अचानक उनलाई पानी प्यास लाग्छ । उनले आफ्ना चेलाहरु मध्ये एक चेलालाई जङ्गलदेखी केही पर पानीको पोखरी भएकाले पानी लिन पठाउछन तर ती चेला फर्किदा पानी नलीइ फर्किन्छन र बुद्धलाई भन्छन गुरु पोखरिको पानी त धमिलो रैछ किनकी त्यही पोखरिको बाटो हुँदै भर्खरै गाढा गुडेको रहेछ । त्यसपछी बुद्धले अर्का चेला लाई पानी लिन पठाउछन तर केही बेर पछी यी चेलाले भने सफा पानी लिएर आउछन । अनी बुद्धले दोस्रो चेलालाई सोध्छन गाढाले धमिलो बनाएको पानी कसरी तिमीले सङ्लो बनाएर ल्यायौ ? बुद्धको प्रश्नमा उनका चेलाले भन्छन मैले केही गरिन हजुर , पोखरिको पानी धमिलो रहुन्जेन म पोखरिकै डीलमा पर्खेर बसेँ अनि त बिस्तारै अघिको धमिलो पानी आँफै सङ्लो बनेर आयो । शिष्यको यस्तो जवाफ सुने पछी बुद्धले भन्छन तिम्रो जीवनका दु:ख र समस्या भनेका पनि यही धमिलो पानी जस्तै हुन् यदी तिमी बिचलित नभै कन धैर्य गरेर बस्छौ भने ती समस्या बिस्तारै पाखा लाग्छन र तिमी सङ्लो पानी जस्तै कन्चन बन्न थाल्छौ ।
त्यसैले मित्रहरू जसरी नदी एउटा निरन्तर गतिमा बगिरहेको छ। त्यसैगरी हाम्रो पनि जीवनमा सुख दुःख र अनेक परिस्थितिहरु आउँछन्। त्यसको माझमा हामीले कहिले पनि आत्तिनु हुँदैन र धैर्य गर्नुपर्छ किनकी दुःख पछाडि सुख आउँछ।