मेरो त खुट्टामा जुता थिएन तर मलाई जुत्ता दिइन उनका त खुट्टा नै थिएन।


केही बर्ष अगाडिको कुरा हो । जुन बेला चिट्ठी पत्र नै सञ्चारको प्रमुख माध्यम मानिन्थे । एक हुलाकीले शहरका हरेक घर घर मा उनिहरूका चिट्ठी र पार्सलहरू पुर्याउने काम गर्थ्यो । यस्तैमा एक दिन हुलाकी एक घरको ढोका नजिकै उभिएर ढोका ढक्ढक्यायो । भित्र बाट एक स्त्रीले पख्नुस् है म आउँदै छु भन्ने आवाज दिइन । हुलाकी बाहिर निक्कै बेर उभियो , झन्डै दश मिनेट जती । उसलाई मन मनै रिस उठ्यो किनकी अरु घर मा जस्तै त्यो घर मा तत्कालै ढोका खोलेर चिट्ठी बुझ्न कोही आएन । लामो समय कसैको ढोका अगाडि पर्खेर बस्नु पर्दा रिस ले चुर भएको त्यो हुलाकी मन मनै भन्दै थियो-"आफ्नै चिट्ठी बुझ्न पनि कती समय लगाएको होला ?" हुलाकी रिसले झर्किदै बोल्यो-"कती बेर लगाउनु भएको हो ?? अली छिटो आउनु न ।" भित्रबाट आवाज आयो-"पख्नुस् है म आइपुगे।"  

यस्तैमा बिस्तारै ढोका खुल्यो र भित्रबाट आवाज आयो -"माफ गर्नुस् है, हजुरलाई लामो समय कुराएँ ।" माफी माग्ने ती स्त्री भुइँमा दुई हातले टेकेर घस्रिदै ढोकासम्म आएकी थिइन, हुलाकीले देख्यो उनका दुबै खुट्टा घुँडा भन्दा माथिबाट काटिएका थिए । शायद कुनै काम मा ब्यस्त भएकी उनी घस्रिएर ढोकासम्म आउन निक्कै समय लागेको हुनुपर्छ । अघि आफू बिनासित्ती वास्तविकता नबुझी रिसाएकोमा हुलाकीलाई पश्चाताप भयो । उसले चुपचाप ती महिलालाई रजिस्ट्री चिट्ठी दियो र आफ्नो बाटो लाग्यो ।

 अब देखी जब ती स्त्रीको चिट्ठी आउथ्यो तब ऊ धैर्य गरेर ढोका नजिक उभिएर उनको प्रतिक्षा गर्ने गर्थ्यो र ती स्त्रीले पनि कृतज्ञ मुस्कानका साथ उसलाई धन्यवाद दिने गर्थिन । नयाँ बर्षको दिन थियो ती महिला ढोका नजिक हुलाकिको बाटो कुरेर बसेकी थिइन । हुलाकीलाई बाटोमा हिंडेको देख्ने बित्तिकै उनले उसलाई बोलाइन र उसको लागि आफूले केही चिज गिफ्ट दिन चाहेको बताइन् । हुलाकिले उनको प्रस्ताब नकार्न सकेन । उनले दिएको गिफ्ट बोकेर ऊ अफिस तिर हानियो । वास्तवमा ती स्त्रीले उसलाई एक जोर जुत्ता उपहार दिएकी थिइन किनकी हुलाकी गरीब थियो त्यसैले ऊ सधैं बाटोमा फाटेका चप्पल लगाएर हिंडेको उनले देखेकी थिइन । जब हुलाकी अफिस पुगेर ती स्त्रीले दिएको उपहार हेर्यो उसले आफ्ना आँखाका आँशु थाम्न सकेन, उसले मन मनै भन्यो-"मेरा त खुट्टामा जुता थिएनन र उनले मलाई जुत्ता दिइन तर उनका त खुट्टा नै छैनन उनका खुट्टाका बदला मैले उनलाई के उपहार दिऊ ?"ऊ निक्कै बेर रोइरह्यो । आफू सँग खुट्टा नै छैनन तैपनि उनलाई गुनासो छैन बरू उनी हुलाकीका फाटेका चप्पल देखेर दया गरिरहेकी छिन्। 

मित्रहरू हामीलाई आफ्नै समस्या सबै भन्दा ठूलो लाग्छ,जिन्दगीमा सबै भन्दा धेरै दु:ख काट्ने त मै हुँ कि जस्तो लाग्छ, सबै रोग ब्याधी र समस्याहरू मेरो जीवनमा मात्र आउँछ जस्तो लाग्छ ।  तर जब हामीले अरुको दु:खलाई पनि हेर्ने कोशीस गर्छौ,जब हामीले अरुको पीडामा मल्हम लगाउने कोशीस गर्छौँ तब आफ्नो दु:ख हामीलाई सानो लाग्न थाल्छ । जब जीन्दगीमा दु:ख महशुस हुन्छ तब अरुको मद्दत गर्ने गर्नुस् । आफू भन्दा दुखीको सेवा गर्नाले तपाईंलाई आफ्नो दु:ख सानो लाग्न थाल्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad