एक दिन थोमस एल्बा एडिसन नाम गरेको प्राइमरी स्कुल पढ्दै गरेको फुच्चे केटा स्कुलबाट आयो र आफ्नी आमालाई एउटा चिठी दियो । चिठी उसका शिक्षकले उसकी आमाका लागि पठाएका थिए । आमाले छिटो छिटो स्कुलले पठाएको चिठी खोलिन र पढ्न थालिन् । अचम्म, आमाका आँखा अनायाशै रसाउन थाले । थोमसले सोध्यो- आमा आमा हजुर यसरी किन रूनु भएको ? चिठीमा खास के कुरा लेखेको छ र ? आमाले हतार हतार आफ्ना आँशु पुच्छ्दै भनिन- छोरा चिठीमा निकै खुसीको कुरा लेखिएको छ, तिम्रा शिक्षकहरूका अनुसार तिमी निक्कै चलाख र तिक्ष्ण दिमाग भएको बालक छौ । तिमीलाई साधारण स्कुलमा पढाउन मुस्किल भएको हुनाले भोलिबाट तिमी घरमै बसेर आफ्नै आमासँग पढ्ने छौ । आमाका कुरा सुनेर थोमस निक्कै खुसी भयो । अब थोमसले आफ्नै घरमा बसेर स्वअध्ययन गर्न सुरु गर्यो । उसले निक्कै प्रगती गर्यो निक्कै आविस्कार गरेर नाम दाम इज्जत सबै कुरा कमायो, उसले इतिहास रच्यो । यतिञ्जेल सम्म त उसकी आमाको पनि स्वर्गवास भैसकेको थियो । एक दिन एडिसनले आफ्नो पूरानो थोत्रो बाकस उघार्यो । उसले त्यही पूरानो चिठी भेट्टायो जुन उसको स्कुलबाट पठाइएको थियो । उसले चिठी खोलेर पढ्न थाल्यो । चिठीमा लेखिएको थियो- " तपाईंको छोरा निक्कै मन्द बुध्दिको छ, यसलाई पढाएर केही काम छैन । उसलाई भोलिबाट स्कुल पठाउनु को सट्टा घरमै कामधन्दामा लगाउनु होला ।"
थोमस एल्वा एडिसनका आँखा अनायाशै रसाउन थाले । उनले बल्ल आफ्नी आमाको महानता बुझे यौटी आमाको हौसलाले एक मन्द बुध्दी भनिएको बच्चाले संसार हल्लाउन सफल भयो ।
त्यसैले मित्रहरू यो संसारमा जो पनि मातापिता हुनुहुन्छ उहाँहरुले आफ्नो बालबालिकालाई हौसला र प्रेरणा दिने हो भने जुनसुकै बच्चाले पनि संसारमा एउटा महानतम कार्य गरेर जान सक्छ यसको उदाहरण हो।