महाशिवरात्री परमात्मा शिवको यस धर्तीमा दिव्य अवतरणको महान र अत्यन्त महत्वपूर्ण पर्व हो। शिवको अर्थ हो कल्याणकारी पूर्वीय दर्शनमा यो मुख्य मान्यता छ कि भगवान् शिवले सिर्जना र संहार गर्नुहुन्छ। । भगवान् शिव ‘आशुतोष’ हुनाले चाँडै र सजिलै खुसी हुनुहुन्छ । यही भावनालाई लिएर शिवप्रति जल चढाउने र पूजा गर्ने गरिन्छ। । तर एउटा उत्सुक्ता रहन्छ कि जीवनभर नित्य शिवको पूजा गरिरहे पनि अथवा हरेक वर्ष महाशिवरात्रिमा श्रद्धापूर्वक जागृत बसी व्रत, उपवास गरे पनि मनुष्यका पाप तथा सन्तापहरू किन मेटिँदैनन्? मनुष्यलाई मुक्ति र जीवनमुक्ति तथा शक्ति किन प्राप्त हुँदैन ? मनुष्यलाई राज्यभाग्यको अमर वरदान किन प्राप्त हुदैन ? आखिर शिव भगवान्लाई प्रसन्न गराउने सहज विधि कुन हो ? महाशिवरात्रि पर्वको वास्तविक रहस्य के हो ? हामीले सच्चा महाशिवरात्रि कसरी मनाउने ? ‘शिव’ को ‘रात्रि’ सँग के सम्वन्ध छ ? अन्य देवीदेवताको पूजाअर्चना दिनको समयमा किन गरिन्छ– आदिजस्ता महाशिवरात्रि पर्वसँग जोडिएका प्रश्न तथा जिज्ञासाहरूका उत्तरले नै महाशिवरात्रि पर्वको आध्यात्मिक रहस्यलाई स्पष्ट पार्दछ ।
महाशिवरात्रि एउटा अत्यन्त महत्वपूर्ण पर्व हो । सृष्टिका सम्पूर्ण मनुष्य आत्माहरूका पारलौकिक परमपिता परमात्माको दिव्य जन्मदिनको यादगार यो पर्व हो । सम्पूर्ण मानव आत्माले मुक्ति र जीवनमुक्तिजस्तो सर्वश्रेष्ठ गति प्राप्ती गर्नेको यादगार पनि यो पर्व हो ।
महारात्रि अज्ञानता र पापाचारको सूचक‘शिवरात्रि’ फागुन महिनाको कृष्ण पक्षको अन्तिम रात्रि (अमावश्या) को एक दिन पहिला मनाइन्छ । यो सृष्टि अज्ञान र अन्धकारमा रहेको बेला तथा कलियुगको अन्त्यमा धर्मको अति ग्लानि भएको समयमा परमधामबाट निराकार ज्योति स्वरूप परमात्मा शिव अवतरण गर्नुहुन्छ। यसकारण शिवको सम्बन्ध अज्ञानरूपी अन्धकार तथा ग्लानिरूपी रात्रिसँग जोडिएको हुनाले रात्रिको पूजालाई अधिक महत्व दिएको छ । श्री लक्ष्मीनारायण तथा श्री सीताराम आदि देवीदेवताको पूजा दिनमा गरिन्छ । यसको अर्थ श्रीनारायण र श्रीरामको जन्म क्रमशः सत्ययुग र त्रेतायुगमा भएको थियो भन्ने हो ।
आज मनुष्य आत्माहरूले भगवान् शिवको कर्तव्य नजानेका कारणले तमोगुणीको रूपमा रात्रिमा पूजा गरिएको मान्दछन् । भगवान् शिव स्वयं कल्याणकारी भएको हुँदा तमोगुण तथा विनाश र संहारको कार्य शंकरदेवद्वारा गराउनुहुन्छ । यसैको प्रतीक स्वरूप शिवलाई पापकटेश्वर, मुक्तेश्वर, पशुपतिनाथ आदि नामद्वारा सम्बोधन गरिन्छ । यसरी वास्तवमा महाशिवरात्रि पर्व परमात्मा शिव कल्पको अन्तमा मानव तनमा अवतरित भई अज्ञानता, दुःख र अशान्तिको समाप्त गर्नुभएको यादगारको रूपमा मनाइएको हो । महाशिवरात्रि पर्वको आध्यात्मिक महत्वमहाशिवरात्रि पर्वका बारेमा परमपिता परमात्मा शिवले अज्ञानरूपी रात्रिलाई संहार गर्नुभएको थियो भन्ने एउटा मान्यता र भगवानले अम्बा–देवी आदि शक्तिहरूबाट सम्पन्न भएर नयाँ सृष्टि रचना प्रारम्भ गर्नुभएको थियो भन्ने दोस्रो मान्यता रहेको पाउँछाैं। तर, शिव त ज्योतिस्वरूप र अशरीरी हुनुहुन्छ । त्यसैले संहार तथा नयाँ सृष्टिको रचना कोद्घारा र कसरी गराउनु भयो ?
ज्योतिःस्वरूप परमपिता परमात्मा शिवले प्रजापिता ब्रह्माद्घारा नयाँ पावन सृष्टिको रचना–स्थापना तथा शंकरद्घारा कलियुगी तमोप्रधान सृष्टिको महाविनास गराउनु हुन्छ । कलियुगको अन्तमा ब्रह्माको तनमा प्रवेश गरी उनको मुखद्घारा ज्ञान–गंगा बगाउनुहुन्छ । यसै कारणले शिवलाई‘गंगाधर’पनि भनिन्छ । साथै, ज्ञान–अमृत प्रदान गर्ने भएकाले ‘सुधाकर’ पनि भनिएको छ ।
प्रजापिता ब्रह्माको मुखद्घारा शिवले दिएको ज्ञानरूपी गंगामा स्नान गर्ने वा ज्ञानसुधा (अमृत) पान गर्नेहरू शिव–शक्ति, अम्बा, सरस्वती, देवी, कन्या, माता आदि नामबाट प्रख्यात रहेका छन्। । यी चैतन्य ज्ञान–गंगाहरू अथवा ब्रह्माका मानस पुत्रीहरू शिवको आदेश अनुसार यस पवित्र भारत खण्डका जन–जन र मनहरूलाई ज्ञानद्वारा पावन गराउने कर्ममा अहोरात्र कृयाशील भइरहेका छन् । नारी तथा माताद्वारा ‘नारीश्वर’ को रूपमा ज्ञान–गंगा बनेर मनुष्यका विकाररूपी हलाहल–विष आफूले ग्रहण गर्दै ‘मुक्तेश्वर’ को रूपमा मानव आत्माहरूलाई शरीरबाट मुक्त गराई उनीहरूलाई मुक्ति तथा जीवनमुक्तिको वरदानद्वारा सहयोग र कल्याण गरी शिवलोक–परमधाममा लैजाने कर्म गर्दछन् ।
यसप्रकार महाशिवरात्रि एउटा अत्यन्त महत्त्वपूर्ण पर्व हो । सृष्टिका सम्पूर्ण मनुष्य आत्माहरूका पारलौकिक परमपिता परमात्माको दिव्य जन्मदिनको यादगार यो पर्व हो । सम्पूर्ण मानव आत्माले मुक्ति र जीवनमुक्तिजस्तो सर्वश्रेष्ठ गति प्राप्ती गर्नेको यादगार पनि यो पर्व हो । मनुष्यलाई देवीदेवता बनाउने, देवहरूका पनि देव, धर्मपिताहरूका पनि पिता, सद्गतिदाता, परमप्रिय, परमपिता परमात्माको यो दिव्यजन्म स्मरणोत्सव वा शिवजयन्ती नै सम्पूर्ण जयन्ती वा उत्सवको तुलनामा सर्वोत्कृष्ट मानिएको छ । तर, परमात्मा शिवको यथार्थ परिचय, नाम, रूप, कर्तव्य आदिको सही ज्ञान प्राप्त नहुनाको कारणले मनुष्यहरूले आ–आफ्नो धर्म–सम्प्रदायको नाममा लडाइँ–ईष्र्या गरी शिवजयन्तीको महत्वलाई हाल न्यूनता गराए पनि यस सृष्टिका सबै मुनष्य आत्माहरूले यस महान् पर्वलाई अति–उत्साह र धूम–धामले मनाउनुपर्दछ ।
सच्चा शिवरात्रि मनाउने रीति
अहिले पनि मनुष्य शिवरात्रि पर्वको दिन पूरा रात जागरण र उपवास बसी तमोगुणहरू– काम, क्रोध, लोभ, मोह र अहंकाररूपी विकारहरूलाई नियन्त्रण गरी भक्ति पूजापाठ गरिरहेका देखिन्छन् । तर, जबसम्म मनुष्यले यी पाँच विकाररूपी आसुरी संस्कारलाई पूूर्ण रूपमा दैविक संस्कार मा परिवर्तन गरिँदैन तबसम्म उनको आत्माको पूर्ण जागृतीपना वा सतोप्रधान हुन सक्दैन । आत्मा पूर्ण जागृत नहुँदासम्म भगवान् शिव सँगको सानिध्यको अनुभव गर्न सकिँदैन। यसअर्थ विकारहरू माथि विजय प्राप्त गरी सम्पूर्ण मनुष्यले शिवजयन्ती पर्व तथा व्रत एक दिन मात्र नगरी वर्षभरि नै नित्य गनुपर्दछ। । किनकि, वर्तमान समय परमात्मा शिव र हामी आत्माहरूको मिलनको क्षण संगमयुग हो र धर्तीमा परमात्मा अवतरण गरी हामी सम्पूर्ण मनुष्य आत्माहरूलाई प्रायः लोप भएको सच्चा श्रीमद्भागवत् गीताको ज्ञान तथा राजयोगको विद्या सिकाइरहनु भएको छ।
एकातिर कलियुगी सृष्टिको महाविनाशको सामाग्रीहरू— एटम, हाइड्रोजन, परमाणु बम तथा मिसाइलको रूपमा शस्त्र–अस्त्रहरू तयार भएको छ भने अर्कोतिर नवविश्व निमार्णको कर्तव्य पनि सम्पादन गरिरहनुभएको छ । मनुष्य आत्माहरू परमात्माको महाव्रत ‘शिवव्रत’ गरेर यस संसार रूपी विषय सागरबाट तर्नको लागि आध्यात्मिक ज्ञान र राजयोग विद्या अवलम्बनद्वारा ‘तारक मन्त्र’ को रूपमा धारण गरी विजय प्राप्त गर्दै यस आसुरी कलियुगी विनाशी संसारबाट मुक्त भएर परलोक, शिवलोक, परमधाम वा ब्रह्मलोकमा जान्छन् ।
परमात्मा शिव यस धर्तीमा अवतरित हुनुभएको ८९ वर्ष पूरा भएको छ । परमात्मा शिवले प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय द्वारा ईश्वरीय ज्ञान र राजयोगको शिक्षाद्वारा सबै मनुष्य आत्माहरूलाई ज्ञानवान गुणवान र श्रेष्ठ बनाइरहनु भएको छ । यस अवसरमा, आउनुहोस् ! हजुरले पनि परमात्माको सच्चा गीता ज्ञान र राजयोगको ध्यानबाट परमात्मासँग मिलन गरी महाशिवरात्रि पर्व मनाएर जन्म–जन्मान्तरको निम्ति आफ्नो भाग्यलाई श्रेष्ठ बनाउनुहोस् ।
आज मनुष्य आत्माहरूले भगवान् शिवको कर्तव्य नजानेका कारणले तमोगुणीको रूपमा रात्रिमा पूजा गरिएको मान्दछन् । भगवान् शिव स्वयं कल्याणकारी भएको हुँदा तमोगुण तथा विनाश र संहारको कार्य शंकरदेवद्वारा गराउनुहुन्छ । यसैको प्रतीक स्वरूप शिवलाई पापकटेश्वर, मुक्तेश्वर, पशुपतिनाथ आदि नामद्वारा सम्बोधन गरिन्छ । यसरी वास्तवमा महाशिवरात्रि पर्व परमात्मा शिव कल्पको अन्तमा मानव तनमा अवतरित भई अज्ञानता, दुःख र अशान्तिको समाप्त गर्नुभएको यादगारको रूपमा मनाइएको हो ।